प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पुजिगत तर्फबाट धनकुटा नगरपालिका-१, हिलेले शनिबार एक कार्यक्रमका बीच ३५ सय मीटर पाइप वितरण गरेको छ । परियोजनाले पाइप नगरपालिका-१,बोक्रे बरबोटे टोलमा रहेको जनएकता कृषि सहकारी संस्थालाई वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि धनकुटा नगरपालिका-१का वडाध्यक्ष निरन तामाङले कृषकहरुलाई सिचाईका समस्या समाधान गर्नका लागि पाइप वितरण गरिएको बताए । उक्त पाइप दुरुपयोग नगरीकन सहिठाउँमा प्रयोग गरेर व्यवसायिक कृषक बन्न वडाध्यक्षले आग्रह गरे । उनले थपे- आगामी दिनमा समेत कृषिमा आधुनीकरण ल्याउन तथा कृषकलाई कृषि पेशामा आत्मनिर्भर बनाउनका वडाले सहयोग गर्ने प्रतिबद्धता गर्छौं ।
सहकारीका कृषकहरुले अर्गानिक बेमौसमि तरकारी जस्तै साग, आलु, मुला, बन्दाकोपी जस्ता तरकारी उत्पादन गर्दै आइरहेकाछन् । किसानहरुलाई समयमा पानी नपर्ने र मुहान टाढा हुदा सिचाईमा समस्या भइरहेकोले किसानहरुको सिचाईको समस्या समाधान हुने सहकारीका अध्यक्ष पूर्ण बहादुर तामाङले बताए ।
कार्यक्रममा हिले बजार व्यवस्थापन समितिका सचिव फुर्वा घिसिङ लगायत कृषकहरुको बाक्लो उपस्थित रहेका थिए ।
सहकारीका सहसचिव दुर्गा बहादुर दर्लामीले स्वागत मन्तव्य राखेकी थिइन् । सचिव पुस्पलाल तामाङले संचालन गरेको कार्यक्रम सहकारीका अध्यक्ष पूर्ण बहादुर घिसिङको अध्यक्षतामा सम्पन्न भएका थिए ।