देशभर चौध सय बढी सङ्क्रमित, एक हजार बढी संक्रमणमुक्त

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

मंगलबार देशभर १ हजार ४५९ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । योसँगै सङ्क्रमितको संख्या ५६ हजार ७८८ जना पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा देशभर सक्रिय सङ्क्रमितको संख्या १५ हजार ७७९ रहेको जानकारी दिए । यस्तै ८ हजार १३९ संस्थागत आइसोलेसनमा छन् । ७ हजार ६४० जना होम आइसोलेसनमा छन्।

त्यस्तै उपत्यकामा ६७६ जनामा कोरोना सङ्क्रमित पुष्टि भएका छन् । काठमाडौंमा ५५५, भक्तपुरमा ८६ र ललितपुरमा ३५ गरी ६७६ जनामा कोरोना सङ्क्रमित भएको मन्त्रालयले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १०६२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ ।


आज थप ११ जनाको कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३७१ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका