दिदीबहिनीद्वारा श्रममन्त्रीलाई ज्ञापनपत्र

रबिन थुलुङ राई संवाददाता
0 Shares
साउदी, दमाम

दिदीबहिनी समूह साउदीले श्रम तथा रोजगार मन्त्रीको गोकर्ण बिष्टलाई ज्ञापनपत्र बुझाएको छ । समूहले जुलाई २६ तारिख शुक्रबार स्याङजा सहयोग समाजको चौथो वार्षिकोत्सबका क्रममा दूतवास नियोग उपप्रमुख दिलीपकुमार पौडेल मार्फत ज्ञापनपत्र बुझाएको हो ।

गत असार २६ विभिन्न अनलाइनमा बैदेशिक रोजगारिको लागि साउदीमा घरेलु महिला कामदारलाई श्रम स्वीकृति दिलाउने केही तत्वहरुको सक्रियता बढेको र त्यस कुरामा सरकार सकरात्मक रहेको भन्ने समचारलाई आधार मानेर घरेलु महिला श्रमिकहरू साउदीमा सुरक्षित नभएकाले श्रम स्वीकृति नदिन ज्ञापनपत्र बुझाएको समूहकी अध्यक्ष तुलसी गुरुङले जानकारी दिइन् ।

समूहले ज्ञापनपत्र बुझाएकोमा विभिन्न संघसंस्थाले धन्यवाद दिदै एक्यवद्धता जनाएको थियो ।

ज्ञापनपत्र :

तपाईको प्रतिक्रिया