तामाङ समाज युएईको आठौं महाधिवेशन सम्पन्न, अध्यक्षमा घिसिङ

युएई

तामाङ समाज युएईको आठौं महाधिवेशन भर्चुअल बैठकबाट सम्पन्न भएको छ । उक्त भर्चुअल अधिवेशनबाट सनिल घिसिङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

समाजको कार्यसमितिमा उपाध्यक्ष जितेन्द्र तामाङ, डिल्ली राम तामाङ, एभ्रील मोक्तान तामाङ, सचिव नवीन दोङ तामाङ, सांस्कृतिक विभाग सचिव हरि मोक्तान, व्यवस्थापन सचिव सोम तामाङ, जनसम्पर्क सचिव सन्दीप ग्याबा तामाङ, महिला विभाग प्रमुख ओसिन ब्लोन तामाङ र कोषाध्यक्ष पदम योञ्जन तामाङलाई चयन गरेको हो ।

त्यसैगरी क्षेत्रीय प्रमुख सदस्यमा प्रताप सिंह तामाङ, वीरबहादुर लामा र अमर लामालाई चयन गरेका छन् । समितिको सदस्यहरुमा क्रमश राज वाइवा, दावा लामा स्याङ्बो, खिला बहादुर स्याङ्बो र सोनु थोकार रहेका छन् ।

राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा तामाङ समुदायमा विशेष योगदान दिन सफल तामाङ समाज युएई सन् २००५मा स्थापित भएको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा युएई आएका तामाङहरुलाई एकीकृत गरी आफ्नो भाषा, कला, संस्कार र संस्कृतिलाई जीवन्त दिदै सामाजिक सेवामा पनि उतिकै तत्पर रहने नवनिर्वाचित समितिले प्रतिबद्धता गरेको अध्यक्ष घिसिङले बताए ।

तपाईको प्रतिक्रिया