धनकुटाको छथरजोरपाटी गाउँपालिकाबाट कोरोना परीक्षणको लागि लिइएको पिसिआर नमूना नेगेटिभ आएको छ ।
छथरजोरपाटीबाट शुक्रबार ४० जनाको पिसिआर नमूना सङ्कलन गरी कोरोना जाचका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको रिपोर्ट नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिए ।
यसैगरी सोमबार धनकुटा नगरपालिका-६ का संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ४१ जनाको पनि नमूना सङ्कलन गरी धरान पठाइएको स्वास्थ्य कार्यालय प्रमुख गुराँगाईले बताए । धनकुटा अस्पतालको आइसोलेसनमा उपचाररत ६ जनाको पनि सोमबार तेश्रो पटक नमूना सङ्कलन गरी पठाइएको र सबैको रिपोर्ट नेगेटिभ आउने अपेक्षा गरेको छौं, गुराँगाइले भने ।
योसँगै जिल्लामा पिसिआर विधिबाट कोराना जाँच गरिएकाहरुको संख्या २ हजार १०९ पुगेका छन् । जसमध्ये पोजेटिभ ४४ जना र २ हजार २४ जनाको रिपोर्ट नेगेटिभ आएका छन्, भने ४१ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्रमुख गुराँगाइले जानकारी दिए ।
पोजिटिभ रिपोर्ट आएकामध्ये पनि निको हुनेको संख्या ३५ पुगेको छ । उपचाररत ९ जनामध्ये ६ जना धनकुटा अस्पतालको आइसोलेसनमा २ जना मोरङ गोठगाउँ र १ जना विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेका छन् ।