लिसंखुपाखर र नेपाल बैंकबीच सम्झौता

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका र नेपाल बैक केन्द्रीय कार्यालयबीच सम्झौता भएको छ । पालिका र बैंक बीच मंगलबार उद्यमशीलता बिकास कार्यक्रम सन्चालनको लागी सम्झौता भएको छ ।

बेरोजगार ,बिपन्न लगायत उद्यमशिल बन्न चाहाने नागरिकलाई १ प्रतिशत ब्याजदरमा सहुलियत पुर्ण उद्यम ब्याबसाय कर्जा प्रदान गर्नेगरी सम्झौता गरेको गाउँपालिका अध्यक्ष कमल नेपालले जानकारी दिए ।

उनका अनुसार उद्यमीको आर्थिक शसक्तिकरण मार्फत गाउँपालिकालाई कृषि, पशुंपंक्षि पालन तथा लघु उद्यम, घरेलु उधोगजन्य उत्पादन, हस्तकला (थान्का बुन्ने मखुण्डो बनाउने) र यसमा आधारित साना घरेलु र लघुजन्य उद्योग स्थापना र प्रबर्द्धन गरि निर्यातयोग्य गाउँपालिका निर्माण गर्नको लागी सम्झौता गरिएका हुन् ।

गाउँपालिकाको आर्थिक सामजिक रुपान्तरण मार्फत समग्र गाउँपालिकाको बिकास र समृद्धिमा टेवा पुग्ने बिश्वास लिएको र यो एउता महत्वपूर्ण र ऐतिहासिक सम्झौता भएको गाउपालिका अध्यक्ष कमल नेपालले बताए ।


लिसंखुपाखर गाउँपालिकाका नागरिकले यो ऋण न्युनतम १ लाख र अधिकतम १० लाख लिन पाउने र ५ लाखसम्म बिना धितोमा गाउँपालिकाको जवानी हुने छ । १० लाखसम्म धितो राख्नुपर्ने १० लाख भन्दा बढिको सन्दर्भमा सहुलियत दरको कर्जाका लागी गाउँपालिकाले सिफारिस गर्ने र ऋणी र बैंकवीच सम्झौता हुने प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलालले बताए ।

ऋण ५ बर्षे किस्तामा दिईने छ भने लिन चाहनेले व्यावसायिक रुपमा ७ बर्ष आफू सो ब्यबसायमा लाग्ने गरि सम्झौता गर्नुपर्ने छ । पालिकाले यो आर्थिक वर्षमा ५ करोड परिचालन गर्ने लक्ष लिएको छ भने ३ वर्षमा २० करोड पुर्याउने लक्ष्य लिएको छ ।

पालिका अध्यक्ष नेपालको संयोजकत्वमा रहेको कार्यकारी समितिले व्यवसाय छनौट गर्ने, तालिम तथा प्रशिक्षण दिने, आबश्यक निति नियम बनाउने निगरानी सहित अनुगमन गर्ने र सो सम्बन्धमा प्रतिबेदन कार्यपालिकामा पेश गर्ने छ ।

सो सम्झौतामा पालिकाको तर्फबाट अध्यक्ष नेपाल र नेपाल बैकको तर्फबाट प्रबन्धक कृष्ण बहादुर अधिकारी हस्ताक्षर गरेका थिए । भने पालिका उपाध्यक्ष हेमगंगा मोक्तान प्रमुख प्रशासकीय अधिकृत पुर्णप्रसाद दुलाल नेपाल बैंक बाग्मती प्रदेश प्रमुख सुन्दर पन्थी पाँचखाल शाखा प्रमुख मुरारी कोईरालाको सहभागिता रहेको थियो । स्रोत जनतापत्र डट्कम ।

तपाईको प्रतिक्रिया