साउदीमा कोरोना निको हुनेको संख्या तीन लाख पाँच हजार नाघ्यो

मंगलबार ११ सय कोरोना भाइरस मुक्त

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरसको संक्रमित घट्नेक्रम जारी रहदा उपचारपछि निको हुनेको संख्या भने बढेको छ । यसै क्रममा यहाँ कोरोनाको उपचार गरिरहेका १ हजार ९२ जना बिरामी मंगलबार घर फर्किएको प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले पत्रकार सम्मेलनमा बताए ।

प्रवक्ता डा.अब्दुलीका अनुसार अहिलेसम्म साउदीमा कुल तीन लाख ५ हजार २२ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भैसकेका छन् । यहाँ कुनै बेला दैनिक ५५ सयभन्दा धेरै नयाँ संक्रमित थपिएको थियो ।

त्यसैगरी साउदीमा मंगलबार कोरोना भाइरस नयाँ संक्रमित ६७२ जना थपिएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । प्रवक्ताका अनुसार अहिलेसम्म साउदी अरेबियामा कुल संक्रमित तीन लाख २६ हजार ९३० जना पुगेका छन् । ‘ संक्रमितमध्ये १७ हजार ५७० जना बिरामी यहाँका विभिन्न अस्पतालहरु उपचाररत रहेको प्रवक्ता डा.अब्दुललीको भनाइ छ । उनका अनुसार १ हजार २८६ जना बिरामीहरु गम्भीर अवस्थामा उपचार लिइरहेका छन् ।


मंगलबार यहाँ कोरोनाको उपचार गरिरहेका ३३ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार हालसम्म यहाँ कोरोना भाइरसबाट कुल ४ हजार ३३८ जनाले ज्यान गुमाई सकेका छन् ।

मंगलबारको अपडेट अनुसार कोरोना भाइरस नयाँ संक्रमितभन्दा उपचारपछि निको हुने ४२० जना बढी छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

तपाईको प्रतिक्रिया

Google Ads

पत्रपत्रिका