घिसिङको पुनःनियुक्तिको माग

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनःनियुक्तिको माग गर्दै रसुवामा पनि शान्तिपूर्ण र्याली गरेको छ । बुधबार सदरमुकाम धुन्चेमा जिल्लाभरका युवाहरुद्वारा घिसिङको पुनःवहालीको माग गर्दै र्याली निकालेका हुन् ।

सरकारले घिसिङलाई पुनःनियुक्तिमा आनाकानी गरेका भन्दै राष्ट्रिय झण्डा, प्लेकार्डसहित नारा लगाएका थिए । यसैगरी घिसिङको पुनःनियुक्तिको माग गर्दै काठमाडौंको बौद्वमा पनि सरकारको निर्णय ढिलाई भएको भन्दै सडकमा उत्रेका छन् ।

घिसिङको चार वर्षको कार्यकाल सकिएसँगै मंगलबारबाट औपचारिक रुपमा विदा भएका छन् । उनको विदाइमा हिजो प्राधिकरणमा कार्यक्रम आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया