एकैदिन १५३९ जनामा कोरोना सङ्क्रमित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

एकैदिन नेपालमा कोरोना सङ्क्रमितको संख्या १५ सय बढी थपिएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा १५३९ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार योसँगै ५८ हजार ३२७ जना सङ्क्रमित पुगेको जनाएको छ । आज १० हजार ४९४ जनाको पीसिआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५४१ र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको छ । उनका अनुसार निको हुनेको कुल संख्या ४१ हजार ७०६ पुगेको छ ।
यसैबीच बितेको कोरोनाबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

तपाईको प्रतिक्रिया