कोरोनाको माहमारीले देश थिलथिलिएको अवस्थामा यसबाट सचेत गराउन गीत, सन्देश लगायतबाट सबैलाई सचेत गराइरहेका छन् । यसै सन्दर्भमा गायक ज्ञानसिंह वाइबाले पनि नयाँ मौलिक गीत ‘परदेशी ज्योज्यो’ मार्फत सन्देश दिएका छन् ।
वाइबा र गायिका जितु लोप्चनको स्वरमा रहेको उक्त गीतमा कोरोनाले विश्व आक्रान्त पारिरहेको अवस्थामा गीतमार्फत सन्देश र सचेतना गराएको छ ।
विदेशमा रहँदा पाउने दुःख, ऋणको समस्या, दुःखले कमाएर पठाएको पैसा श्रीमतीले मोजमस्तीमा उडाएर छोराछोरी विचल्लीमा पार्ने विषयलाई पनि गीतमार्फत व्यक्त गरिएको छ, गायक वाइबाले भने।
गीतलाई नेपाली र अंग्रेजी दुवै भाषामा सबटाइटल पनि राखिएको छ। सबटाइटलको काम ईन्द्रकुमार तामाङले गरेका हुन्।
गायक वाइबा करिब एक दशकपछि सांगीतिक यात्रामा फर्केका हुन् । उनी समयको माग अनुसार परिवर्तन हुनु जरुरी रहेको बताउँछन् ।
गायक वाइबा भन्छन्, ‘दुख र सुखको सम्मिश्रण नै गीतसंगीत हो । दुःखमा पनि चाहिन्छ, सुखमा पनि चाहिन्छ । यसले मनका भावनाहरु पोख्न मद्वत गर्छ ।’ गीतले समाजका परिघट्नालाई उतार्ने काम गर्छ, उनले भने ।
उनको डम्फुला चरी, बैरागी च्याङ्बा, सिन्धुली नाम्सा र ठूली कान्छीजस्ता चर्चित तामाङ गीतहरू छन् । यसमा उसैको संगीत रहेका छन् ।