साउदीमा बुधबार झन्डै एक हजार कोरोना निको, नयाँ संक्रमित ६ सय

अहिलेसम्म कोरोना निको हुनेको संख्या तीन लाख ४ हजार नाघ्यो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा कोरोना भाइरसको संक्रमित घट्नेक्रम जारी छ । यसै क्रममा यहाँ बुधबार कोरोना भाइरस नयाँ संक्रमित ६२१ जना थपिएको प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । यहाँ कुनै बेला दैनिक ५५ सयभन्दा धेरै नयाँ संक्रमित थपिएको थियो । पछिल्लो दिन भने ६, ७ सयको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरी बुधबार साउदीमा कोरोनाको उपचार गरिरहेका ९८२ जना बिरामी मंगलबार घर फर्किएको प्रवक्ता डा. अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म साउदीमा कुल तीन लाख ६ हजार ४ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भैसकेका छन् ।

बुधबार यहाँ कोरोनाको उपचार गरिरहेका ३१ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार हालसम्म यहाँ कोरोना भाइरसबाट कुल ४ हजार ३६९ जनाले ज्यान गुमाई सकेका छन् ।

बुधबारको अपडेट अनुसार कोरोना भाइरस नयाँ संक्रमितभन्दा उपचारपछि निको हुने ३६१ जना बढी छन् ।


यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया