लायन्स क्लवद्वारा स्वास्थ्य सामग्री वितरण

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

लायन्स क्लव अफ निजगढ र लायन्स क्लव अफ निजगढ पिसले बिभिन्न सुरक्षा निकायहरुलाई कोरोना भाईरस संक्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रमको बीच स्वास्थ्य सुरक्षा सम्बन्धि बिभिन्न सुरक्षा सामग्रीहरु वितरण गरेका हो ।

लायन्सले निजगढ नगरपालिकाको अईसोलेसन सेन्टर, ईलाका प्रहरी कार्यालय निजगढ, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, सशस्त्र प्रहरु बल सुरक्षा बेश क्याम्प निजगढ, नेपाली सेनाको सडक निर्माण कार्यदल बाघदेव र जिरो किलोलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको क्लव निजगढ पिसका प्रेसिडेन्ट पवन श्रेष्ठले बताए ।

लायन्स क्लव अफ निजगढ र लायास क्लव अफ निजगढ पिसले निजगढ नगर उद्योग वाणिज्य संघको सहकार्यमा सुरक्षा निकायहरुलाई १५ थान पिपीई, १५ थान थर्मल गन र सर्जिकल मास्क वितरण गरेको प्रेसिडेन्ट श्रेष्ठले बताए ।


निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल र उपप्रमुख लिलादेवी लामिछाने खनालले उक्त सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

मेयर खनालले कोरोना भाइरस संक्रमणबाट जोगिन नगरपालिकाले व्यवसायी र समग्र नगरवासीहरुलाई लक्षित गरेर जारी गरेको व्यवसाय संचालन कार्यविधिको पालना गर्न नगरवासीहरुलाई आग्रह गरे ।

कार्यक्रममा सहभागीहरुले नगरपालिकाले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न चालेका कदमहरु उचित रहेकै कारण नगरमा कोरोना भाइरस संक्रमणको जोखिम अनियन्त्रित रुपमा फैलिन नपाएको बताएका थिए ।

लायन्स क्लव अफ निजगढका प्रेसिडेन्ट रामचन्द्र जैसवालको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन लायन्स क्लव अफ निजगढका पुर्व प्रेसिडेन्ट प्रभात सिग्देलले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका