जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ४ ढुङ्गेमा रहेको घलेगढी जहाँ रहस्यमय ढुङ्गा रहेको छ । त्यस ढुङ्गाभित्र सुरुङ समेत रहेको छ । जहाँबाट पुर्खाहरुले चिनियाँ फौज माथि तोप वर्षाएर विजय हासिल गरेका थिए ।
यस घलेगढी एउटा सिङ्गो पहाडभित्र डरलाग्दो गुफा छ । गुफाभित्र पुर्खाहरुले चिनियाँ फौजहरुसँग लडाई लड्दाको तोप बर्साएको डोपहरु आजसम्म पनि रहेका छन् । ढुङ्गाभित्र त्यतिबेलाको सैनिकहरुले युद्ध लड्ने सामान भात खान मिल्ने धन, दौलत र गाग्री भाँडाकुँडाहरु समेत भएको त्यहाँका स्थानीयहरु बताउँछन ।
घलेगढीको ढुङ्गा माथी नेपाली फौजी र माथि कमेरेगढी रहेको छ । त्यहाँबाट चिनियाँ फौजीहरुले ढुङ्गा बर्साउँथ्यो । पछि केही सिप नलागेपछि चिनियाँ फौजीहरुलाई लखेटेर रसुवागढीमा सन्धि सम्झौता गरेको थियो ।
वडा नं. ४ का वडाध्यक्ष केशरबहादुर बुलुनका अनुसार यस ढुङ्गाको अनौठो इतिहास छ । उनी भन्छन्, ‘यसभित्र ठुलाठुला चट्टानहरु छन् । यहाँ ढुङ्गे गाउँका बालबालिका लगायत बृद्वबृद्वाहरु गर्मीको समयमा शितलता ताप्न जान्छन् ।’
यस ठाउँमा प्रकृतिसँग रमाउन पिकनिक लगाएत फोटो खिच्न मात्रै भएपनि दैनिक मानिसहरुको भीड लाग्दछ । घलेगढीको केही नजिक त्यहाँ भगवान शिवले गोसाईकुण्ड यही बनाउन पोखरी बनाउदै गर्दा भाले बसेपछि नबनाएको भन्ने किम्बदन्ती रहेको छ ।
स्वर्णिम आनन्द आउने यहाँबाट गणेश हिमाल लगायतका अन्य हिमश्रृंखलाहरु देख्न सकिन्छ ।
पुर्खाहरुले आफ्नो स्वाभिमान विरता प्रदर्शन गरेर भूमिलाई बचाएको आस्थाको धरोहरलाई नजिकबाट नियालेर अझ धेरै संरक्षण र उचित प्रचारप्रसार गर्न जरुरी देखिन्छ । यसको महिमा र संरक्षण गरे भावी पुस्ताका लागि इतिहासको ज्वालन्त उदाहरण बन्न सक्छ ।
पुर्खाहरुले चिनाएका घलेगढी रसुवागढी, कमेरेगढी लगाएतका यस जिल्ला भित्र धेरै गढीहरु रहेका छन् ।
घलेगढीमा अहिले पनि तोपका प्वालहरु देख्न सकिन्छ । थोरै मानिसलाई मात्र थाहा भएको घलेगढी घलेहरु र चाइनाको फौजीहरुको युद्ध भएको भएर घलेगढी रहेको मानिन्छ ।
स्थानीय नानीदेवी लो का अनुसार सुन्दरादेवी, इन्द्रदेवी, कमेरोगढी लगाएतका हेर्न लायकका शक्तिपीठहरुमा औंशी, पुर्णिमाको बेला धुँवा आउने गरेको बताउँछिन् । उनले त्यसको वरपर फोहोेरमैला गर्न नहुने समेत बताइन् ।
सुन्दरादेवी र इन्द्रदेवी भएको ठाउँमा पानीको भएको बताउँदै उनीले पछि मानिसहरु रजस्वला भएको महिलाले पानी ल्याएपछि मुल सुकेको कथन पाइन्छ ।
चीन र नेपाल युद्वमा यी निसान हुन् । चीनले यही हुँदै बेत्रावतीसम्म कब्जा गरेपनि पछि बीर पुर्खाले फर्काएका थिए । यसैको चिनो हुन् घलेगढी । यसको संरक्षण सम्बद्र्वन गर्न हाम्रो दायित्व छ ।