चीज उत्पादन केन्द्र दुध लिएन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

जिल्लाको गोसाईकुन्ड मार्गको चन्दनवारिमा रहेको चीज उत्पादन केन्द्रले किसानको दूध नलिदा चौरी पालन किसान मर्कामा परेका छन।
बैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन केन्द्रलाई दूध बिक्रि गर्दै आएका किसानले यसबर्ष पूरा समय दूध विक्रि गर्न पाएका छैनन् ।

विश्वव्यापि फैलिएको कोरोना भाइरसका कारण केन्द्रमा उत्पादित चीज बिक्री नभएपछि दुग्ध विकास संस्थान अन्तरगत रहेको केन्द्रले दूध लिन छाडेको हो ।

रसुवाको नौकुन्ड गाउँपालिका एक सिमबन्दीका दावासिदार तामाङले वार्षिक रूपमा केन्द्रलाई दूध बिक्री गरेर परिवार पाल्दै आएको थियो । तर अहिले केन्द्रले दूध लिन छाडेपछि के गर्ने ? भन्ने अन्योलमा परेको छ ।

उनले पुरै परिवारले चौरीपालेर केन्द्रलाई दूध बिक्री गर्दै आएको थियो । अहिले पनि उनीहरूसँग १५ वटा चौरी रहेका छन । उनको परिवार विगत २० वर्ष देखि यहि पेसामा सलग्न छन् ।


पहिले कृषकले दूध विक्रि नहुँदा घ्यु र छुर्पी बनाएर बिक्रि गर्ने गरेका थिए । तर अहिले रसुवामा दुग्धजन्य उत्पादनको बिक्री शून्य रहेको छ ।
भुकम्पको समयमा समेत दूध बिक्री भएको तर रसुवामा कोरोनाको प्रकोपले उत्पादन ठप्प भएको छ । कृषकले १० वटा देखि ४० वटासम्म चौरी पालेका छन ।

रसुवाकै गोसाईकुन्ड गाउँपालिका ६ पाङलेङखर्कमा रहेको चीज उत्पादन केन्द्रले २०७१ सालदेखि नियमित दूध लिदै आएको थियो । केन्द्रमा उत्पादन भएको चीज बिक्रि नभएको र केन्द्रको भण्डारण क्षमता भन्दा बढि उत्पादन भएपछि भदौ १६ गतेदेखि नै चिज उत्पादन बन्द गरेको छ ।

दुग्ध विकास संस्थान अन्तरगत सन्चालनमा रहेका केन्द्रबाट उत्पादन भएको चीज अहिले सस्थानमा लैजान सकेको छैन । केन्द्रका प्रमुख जितबहादुर जिरेलले भुकम्पले भत्केको भवन अहिलेसम्म पुननिर्माण हुन नसकेको र संस्थानमा पनि चिज जान छाडेपछि उत्पादन बन्द गर्नुपरेको बताए ।

तपाईको प्रतिक्रिया