एनआरएन साउदीको महाधिवेशन सेप्टेम्बरमा

सैलुङअनलाइन संवाददाता
0 Shares
साउदी, दमाम

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदीको प्रवास अधिवेशन सेप्टेम्बरमा हुने भएको छ । एनआरएनए २०१९-२१ का लागि अधिवेशन सेप्टेम्बर ६ तारिख शुक्रबारको लागि मिति तय भएको अध्यक्ष नारायण पासवानले सैलुङ अनलाइनलाई जानकारी दिए ।

परिषद्को सातौं पूर्ण बैठकले आगामी सेप्टेम्बर ६ तारिख, २०१९ शुक्रबार अधिवेशन मिति तय गरेको हो । अधिवेशनबाट आगामी कार्यकाल २०१९-२१का लागि नयाँ कार्यसमिति चयन हुनेछन् । अध्यक्ष नारायण पासवान नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको कार्यकाल सेप्टेम्बरमै समाप्त हुँदै छ ।

अध्यक्ष पासवानका अनुसार अधिवेशनका लागि जोन अर्यालको संयोजकत्वमा ३ सदस्यीय अधिवेशन समिति गठन गरेको छ । समितिमा रमेश भण्डारी र राजकुमार गिरी सदस्य रहेका छन् । समितिले निर्वाचन निर्देशिका तथा नियमावली २०१९ र एनसीसी साउदीको बिधि विधानलाई आधार मानी आफ्नो कार्यभार पूरा गर्ने छ पासवानले भने,।

त्यसैगरी अधिवेशनका लागि विभिन्न समिति तथा उपसमितिहरू गठन गरी जिम्मेवारी र कार्यभार समेत सुम्पेको आयोजकले बताए। साउदीको भौगोलिक अवस्थ र परिस्थितिलाई मध्यनजर गरी परिषद् मातहतमा विभिन्न ठाउँहरुमा क्षेत्रीय तथा स्थानीय समन्वय समितिहरू कृयाशील रहदै आएका छन् । मजदुर मैत्री संस्थाको रुपमा परिचित एनआरएनए एनसीसी साउदीको आसन्न अधिवेशनलाई यहाँ स्थिति नेपाली कामदार र जनसमुदायहरुले निकै चासोका साथ हेरिरहेको महासचिव तेजबहादुर थापा बताउँछन् । अधिवेशनका लागि मिति तोकिएको र स्थान भने परिषदको आगामी बैठकमा तोकिने महासचिव थापाले जानकारी दिए

संघको माथिल्लो निकाय आइसिसिको विश्व सम्मेलन आगामी अक्टोबर १३ तारिखबाट काठमाडौंमा हुने भएको छ । सम्मेलन आगावै विश्वभर रहेका राष्ट्रिय समन्वय परिषद्हरुले अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चय गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया