देशभर २०२० कोरोना सङ्क्रमित थपिए

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

नेपालमा आज अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल संख्या ६१ हजार ५ सय ९३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको नियमित प्रेस ब्रिफिङमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सो संख्या थपिएको बताएका छन् ।


पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।

यस्तै, देशभर १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेको प्रवक्ता डा. गौतमले बताए । उनका अनुसार कोरोना संक्रमणको आशंकामा ७ हजार ७ सय ३७ जना देशभरका विभिन्न स्थानमा गरी क्वारेन्टाइनमा रहेका छन् ।

३ सय ९० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

तपाईको प्रतिक्रिया