मकालबारीमा दीप प्रज्वलन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
0 Shares
काठमाडाैं

पाँचौ संविधान दिवसलाई यसवर्ष पनि टोल, चोक, चौतारामा दिप प्रज्वलन गरी मनाएका छन् । यस्तै माकलबारी टोल सुधार समितिले पनि दीप प्रज्वलन गरी यस दिवस मनाएका छन् ।

समितिद्वारा आयोजित समारोहमा पूर्वकानूनमन्त्री एवं संघीय सांसद शेरबहादुर तामाङले सम्बोधन गरेका छन् । सांसद तामाङले जनताले हकहितमा बनेको संविधान उपलब्धिमूलक भएपनि कार्यान्वयन गर्नेमा जटिलता आएको बताए ।

पूर्वमन्त्री तामाङले भने, ‘समृद्व मुलुक र सुखी नेपाली बनाउनु हाम्रो दायित्व हो ।’ उनले लोकतन्त्रमा आएर शब्द खोजेर गाली गर्ने हावी भएको बताएका छन् ।

समारोहलार्इ समितिका अध्यक्ष पेमा शेर्पाले समापन गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका