तातोपानी पहिलेकै अवस्थामा सञ्चालन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

जिल्लाको आमाछोदिङमो गाउँपालिका वडा नं. ५ मा रहेको तातोपानी पाँच वर्षपछि पहिलेकै अवस्थामा फर्किएको छ ।

२०७२ को भुकम्प पछि सुकेको मुहान पुन पाँच वर्ष पछि पलाएको हो दुई हजार छ सय ४५ मिटरको उचाईमा पर्ने तातोपानी दिन प्रति दिन धाराको पानीको तापक्रम बढदै गएको त्यहाँका स्थानियले कुण्ड वरिपरि सफा गरे पुजा गर्न थालेका छन् ।

विशेष गरि कार्तिक र चैत्र महिनामा मेला लाग्ने यस ठाउँमा मुहान पुन पानी पलाउन थालेपछि पहिलेको जस्तै आन्तरिक र वाह्य पर्यटकहरु आउने विश्वास लिइएको छ । ६ वटा धारा रहेकोमा चार वटामा पानी आइरहेको छ ।

तातोपानी क्षेत्रकै स्थानिय नोर्चेल तामाङका अनुसार असोज एक गतेको पानीको तापक्रम २३.४ डीग्री रहेको छ ।

 

तपाईको प्रतिक्रिया