साउदीको दमाम-काठमाडौं नौ उडान थपियो, एक हजार कोरोना संक्रमित निको

आइतबार कोरोना नयाँ संक्रमित ४९३ थपियो

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियाका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले गरि ९ चार्टरउडान थपिएको छ । उक्त उडानहरु थपिएको नेपाली दूतावासले आइतबार सूचना जारी गरेर जानकारी दिएको हो ।

थप गरिएका उडानहरु सेप्टेम्बर महिनाका लागि हुन् । यसअघि नेपाल फर्कनुपर्ने उडान नभएर साउदीमा अलपत्र परेपछि नेपाल सरकार र दूतावासविरुद्ध रियादस्थित समासको कम्पनीका मुख्यालयमा प्रदर्शनसमेत गरेको थियो ।

दूतावासका अनुसार थप गरिएको चार्टरउडान साउदीको दमामबाट काठमाडौंका लागि भर्ने छन् । चार्टरउडान सेप्टेम्बर २३, २४, २५, २७, २९ र ३० तारीखमा हुने भएको दूतावासले बताए । उडानहरुमा भिसा अवधि सकिन्न लागेकाहरुलाई प्राथमिकता दिन दूतावासले सम्बन्धित निकायहरुलाई अनुरोध गरेको छ ।

दमाम-काठमाडौं चार्टरउडान नेपाल एयरलाइन्सले ५ र हिमालयले ४ उडान भर्ने दूतावासको सूचनामा उल्लेख छ ।

साउदीमा आज पनि एक कोरोना निको, नयाँ संक्रमित घट्नेक्रम जारी

साउदी अरेबियामा पछिल्लो दिन कोरोना भाइरस कोभिड-१९ नयाँ संक्रमित घट्नेक्रम जारी छ । यसै क्रममा आइतबार कोरोना भाइरस नयाँ संक्रमित ४८३ जना थपिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

प्रवक्ता डा.अब्दुलीका अनुसार हालसम्म यहाँ कोरोना भाइरस संक्रमित तीन लाख २९ हजार ७५४ जना पुगेका छन् । साउदीमा कोरोना कहर कुनै बेला दैनिक ५५ सयभन्दा धेरै जना संक्रमित हुने गर्थे । पछिल्लो दिन भने ५ सयको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलीको भनाइ अनुसार यहाँ कुल संक्रमितमध्ये १८ हजार ८३० जना बिरामीहरु उपचाररत छन् । कोरोना बिरामीहरु साउदी सरकारको स्वामित्वमा रहेका कोभिड अस्पतालहरुमा उपचार भइरहेको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए ।’ उपचाररतमध्ये १ हजार १३८ जनाको अवस्था गम्भीर
रहेकाले उहाँहरुको उपचारका लागि चिकित्सकहरुको बिशेष टोली परिरहनु भएको छ’, उनले भने ।

त्यसैगरी आइतबार एक हजार ९ जना कोरोना संक्रमित उपचारपछि निको भएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म तीन लाख १० हजार ४३९ जना    कोरोना भाइरस संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।


साउदी अरेबियामा अहिलेसम्म कोरोना भाइरसबाट कुल ४ हजार ४८५ जनाले ज्यान गुमाई सकेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.अब्दुलीले बताए । उनकाअनुसार आइतबार कोरोनाबाट २७ जनाको मृत्यु भएको छ ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

साउदीबाट नेपाल एयरलाइन्सले थप चार उडान गर्ने(सूचीसहित)

 

तपाईको प्रतिक्रिया