राजेशको गीतमा दुर्गेश र शिल्पाको मस्ती

सविन घिसिङ संवाददाता

गायक तथा प्रस्तोता राजेश बर्देवाले संगीत तथा एरेन्ज गरेको गीत ‘दिलको राजधानी’ सार्वजनिक भएको छ ।

मौलिक शैलीको लोक दोहोरी गीतमा नायिका शिल्पा पोखरेल र मोडल एवं गायक दुर्गेश थापाले अभिनय गरेका छन् । कृष्ण कँडेलको शब्द रचना रहेको गीतमा गायिका बिन्दु परियार र गायक बिक्रम परियारको आवाज रहेका छन् ।


बिक्रम चौहानले निर्देशन तथा कोरियोग्राफर गरेको गीतमा सम्पादन मिलन बिक र छायांकन प्रकाश खड्काको रहेको छ ।

एक समय पर्दामा निकै जमेकी शिल्पा र दुर्गेशको जोडी लामो समयपछि यस गीतको भिडियो मार्फत देखिएका हुन् ।

सर्जकले मौलिक लोकदोहोरी भनेर दावी गरेतापनि गीतमा आधुनिकता हावी भएको पाइन्छ। चल्तिका कलाकार र अनुभवी स्रष्टाहरूको अनुपम सम्मिश्रण भएकोले समग्रमा यो सिर्जना राम्रो बनेको छ ।

तपाईको प्रतिक्रिया