साउदीमा कोरोना निको हुने बढ्दै, सोमबार नयाँ संक्रमित ४९२ जना

साउदीमा अहिलेसम्म तीन लाख ३० हजारभन्दा धेरै संक्रमित

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा पछिल्लो दिन कोरोना भाइरस (कोभिड-१९) उपचारपछि निको हुनेको संख्या दैनिक दुई गुणाले बढ्नेक्रम जारी छ । यसै क्रममा सोमबार एक हजार ६० जना संक्रमित उपचारपछि निको भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

प्रवक्ता डा.अब्दुलीका अनुसार अहिलेसम्म यहाँ कोरोना भाइरस संक्रमित निको हुने तीन लाख ११ हजार ४९९ जना पुगेका छन् ।

त्यसैगरी सोमबार कोरोना भाइरस नयाँ संक्रमित ४९२ जना थपिएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म तीन लाख ३० हजार २४६ जना पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.अब्दुलीको भनाइ अनुसार यहाँ कुल संक्रमितमध्ये १४ हजार २३५ जना बिरामीहरु उपचाररत छन् । कोरोना बिरामीहरु साउदी सरकारको स्वामित्वमा रहेका कोभिड अस्पतालहरुमा उपचार भइरहेको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए ।’ उपचाररतमध्ये १ हजार १३३ जनाको अवस्था गम्भीर
रहेकाले उहाँहरुको उपचारका लागि चिकित्सकहरुको बिशेष टोली परिरहनु भएको छ’, उनले भने ।


सोमबारको अपडेट अनुसार कोरोना भाइरस नयाँ संक्रमितभन्दा उपचारपछि निको हुने ५६८ जना धेरै छन् ।

साउदी अरेबियामा सोमबार कोरोना भाइरसको उपचार गरिरहेका २७ जनाले ज्यान गुमाएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट कुल ४ हजार ५१२ जनाले ज्यान गुमाई सकेका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया