निजगढमा कोरोना संक्रमितको संख्या शुन्य

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
निजगढ

निजगढमा कोरोना संक्रमितको संख्या शुन्य भएको छ । मंगलबार निजगढ नगरपालिकाको अईसोलेसनबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज भएसंगै शुन्य भएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताए ।

गत आश्विन ४ गते संकलन गरिएको स्वाब परिक्षणमा अईसोलेसनमा रहेका ४ जना सहित ३१ जनाको नतिजा मंगलबार नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख लामाले बताए ।

निजगढमा जम्मा ४७ जना कोरोनाबाट संक्रमित भएकाथिए भने २ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नगरपालिकाले कोरोना नियन्त्रण र रोकथामकालागि लागु गरेको नियम र व्यस्थापन सफल भएका कारण निजगढमा अहिलेसम्म कोरोना नियन्त्रणको अवस्थामा रहेको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताए ।


मेयर खनालले नगरपालिकाले जारि गरेको नियम पालनामा सम्पूर्ण नगरवासी र व्यवसायीहरुको सहयोगको कारण नगरमा कोरोना नियन्त्रणको अवस्थामा रहेको भन्दै आभार समेत व्यक्त गरिएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफईकर्मी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि लगायत नगरका सरोकारवालाहरुबाट भएको सल्लाह र सहयोगले पनि कोरोना नियन्त्रण गर्न निजगढ नगरपालिका अहिलेको अवस्थासम्म सफल भएको बताए । मेयर खनालले कोरोना भाईरस संक्रमणको जोखिम उच्च रहेकाले नगरपालिका लगायत सरोकारवाला निकायले जारि गरेको आवश्यक स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्न नगरवासीहरुलाई आग्रह समेत गरिएको छ ।

राजनैतिक मनमुटावका कारण केहिले कोरोना भाईरस नियन्त्रण तथा रोकथामकोलागि नगरपालिकाले चालेको कदमको निरन्तर विरोध गरेपनि अहिलेसम्म कोरोना नियन्त्रणमा निजगढ नगरपालिका सफल भएको पुष्टि भएको खनालले बताए ।

तपाईको प्रतिक्रिया