साउदीमा मंगलबार १२ सय कोरोना संक्रमित निको

साउदीमा अहिलेसम्म तीन लाख ३० हजारभन्दा धेरै संक्रमित

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा पछिल्लो दिन कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमित घट्नेक्रम जारी छ । यसै क्रममा कोरोना भाइरस नयाँ संक्रमित ५५२ जना थपिएको प्रवक्ता डा.अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म कुल कोरोना संक्रमित तीन लाख ३० हजार ७९८ जना पुगेका छन् ।

‘ कुल संक्रमितमध्ये १३ हजार ५७२ जना बिरामीहरु यहाँका कोभिड अस्पतालहरुमा उपचार भइरहेको ,’ प्रवक्ता डा.अब्दुलीले भने,’ उपचाररतमध्ये १ हजार १२२ जनाको अवस्था गम्भीर रहेकाले उहाँहरुको उपचारका लागि चिकित्सकहरुको बिशेष टोली परिरहनु भएको छ ।’


त्यसैगरी सोमबार कोरोना उपचारपछि १ हजार १८५ जना निको भएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार अहिलेसम्म कोरोना भाइरस संक्रमित निको हुने तीन लाख १२ हजार ६८४ जना पुगेका छन् ।

साउदी अरेबियामा हालसम्म कोरोना भाइरसबाट ४ हजार ५४२ जनाको मृत्यु भैसकेको प्रवक्ता डा.अब्दुलीले पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार सोमबार कोरोना भाइरसको उपचार गरिरहेका ३० जनाले ज्यान गुमाएका छन् ।

यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया