पुराना राजनीतिज्ञ आचार्यको निधन

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

वरिष्ठ राजनीतिज्ञ, साहित्यकार तथा तत्कालीन राजपरिषद स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ । उनका सुपुत्र सुरेशप्रसाद आचार्यका अनुसार काठमाडौको नर्भिक अस्पतालमा मंगलबार अपरान्ह ५ः४५ बजे उनको निधन भएको अस्पतालका चिकित्सकहरुले जानकारी दिएका थिए ।


मुटु र मृगौला सम्बन्धी समस्याबाट पीडित आचार्यको काठमाडौंको नर्भिक अस्पतालको सघन कक्षमा उपचार भइरहेको थियो । केही दिन अगाडि मात्र नर्भिक अस्पतालमा उनलाई पेसमेकर प्रत्यारोपण गरिएको थियो । मृगौला, मुटु र फोक्सोमा पनि समस्या देखिएकोले नर्भिकमा उपचार भइरहेको थियो । मंगलबार अचानक हृदयघाट भएपछि चिकित्सकहरुले उनको उपचार सम्भव नभएको घोषणा गरेका थिए ।

राजा बीरेन्द्रको शासनकालमा गाउँफर्क राष्टिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजपरिषद स्थायी समितिका सदस्य समेत रहनु भएका आचार्यले कम्युनिष्ट पार्टीको सदस्यताबाट राजनीति सुरु गरिएको थियो । साहित्यकार तथा लेखक समेत रहेका आचार्यका ‘मुक्तात्मा र फ्युजनको जगमा शिल्यान्यास’ नामक कथा संग्रह र ‘जे देखे जे भोगे’ नामक आत्मकथा भर्खरै प्रकाशित भएको थियो ।

धनकुटामा जन्मिएका भए पनि धरानबाट उनले राजनीति सुरु गरिएको हो । धरान नगरपालिकामा तीन पटक नेतृत्वमा पुगेको थियो ।

तपाईको प्रतिक्रिया