भिडियो बोकेर फर्के निर्देशक पुन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

निर्देशक मनबहादुर पुनको पछिल्लो म्युजिक भिडियो ‘दशा’ सार्वजनिक भएको छ । वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीहरुको वास्तविक कथामा आधारित गीतको गायक भरत परियार र पूर्णिमा परियारको स्वरमा रहेका छन् । यस गीतमा लक्षुप्रकाश मल्लले संगीत संयोजन गरेका छन् ।


गीतको निर्देशनका साथै छायांकन र सम्पादन पनि पुनले नै गरेका छन् । म्युजिक भिडियोमा मिलन लामा, रिया पन्त, सिद्धान्त लामा, कविता लामा, अमर सिलवाल र अरुण तामाङले अभिनय गरेका छन् ।

पुनले दर्जनौ म्युजिक भिडियो तथा ३७ वटा कल्चरल फिल्मको समेत निर्देशन गरेका थिए । उनले यसअघि ‘समर्पित’, ‘मायाको बन्धन’, ‘हजारी’, ‘तिम्रै हुँ म’, ‘टाढाको माया’, ‘लाङ्घाली’, ‘मिसन यार्सा’, ‘लेखान्त’, ‘घाटु’, ‘झल्को’ जस्ता दर्शकले सर्वाधिक रुचाएका फिल्मको निर्देशन गरेका थिए ।

निर्देशक पुन करिब पाँच वर्षपछि म्युजिक भिडियो निर्देशनमा फर्किएका हुन् ।

तपाईको प्रतिक्रिया