रसुवा नाकाबाट पुनः आयात निर्यात सुरु

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवागढि नाकाबाट बुधबारबाट सामान आयात निर्यात सुरू भएको छ ।

कोरोनाको माहामारीका कारण गत माघ १५ देखि बन्द रहेको नाका जेठ महिना देखि सन्चालनमा आएको थियो । सामान बोक्ने भरियालाई कोरोना देखिएपछि पुन बन्द रहेको उक्त नाका पुनः तीन हप्तापछि आजबाट सामान आयात निर्यात सुरू भएको छ ।

चिनियाँ पक्षले बुधवार एक कन्टेनर सामान मितेरी पुलसम्म ल्याईदिएका छन् । मेडिकल सामानहरू मात्र रहेका छन् । २०१३ सालमा नै रसुवागढी नाकामा भन्सार कार्यालय स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया