डायस्पोरा जो उत्पतिको हिसाबले बुझिन्थ्यो त्यो आज अर्कै प्रकारले बुझिन्छ । डायस्पोरालाई आज वृहत तवरले बुझिने गरेको छ । उत्पतिको हिसबले यहुदीहरु जो विस्थापित भए पहिलो शताब्दीमा, उनीहरु विस्थापित भएर छरपष्ट भए, उनीहरुको त्यो जमातलाई डायस्पोरा भनिन्थ्यो जो एक मूल ठाउँबाट छरपष्टिएर संसारभरि फैलिए । यहुदी जातिलाई नै डायस्पोरा भनेर बुझिन्थ्यो त्यसबेला । विस्तारै डायस्पोराको परिभाषा विस्तार हुँदै गयो । अहिले डायस्पोरा भनेर यहुदीलाई मात्र बुझ्दैनौं, विभिन्न प्रकारको डायस्पोराहरु पाउँछौं हामी ।
डायस्पोराको प्राथमिक बुझाइ छ त्यसमा विस्थापनको कुरा गरिन्छ, एक ठाउँदेखि अर्को ठाउँ विस्थापन भएको र छरपष्टिएको कुरा आउँछ । प्रायः प्रायः सुरुका दिनमा त्यसको बुझाई चाहीँ अनैच्छिक विस्थापन, आफूले नचाहेको विस्थापनको रुपमा विश्लेषण गरिन्थ्यो । आज हामी देख्छौं डायस्पोराको परिभाषा परिवर्तन भएको छ । आज विश्वव्यापारीकरणले गर्दा अनैच्छिक मात्र होइन, आजको अर्थत्न्त्रले गर्दा ऐच्छिक बसाइँ सराइ पनि छ, जसले डायस्पोरालाई धेरै फैलाएको छ । त्यसैले डायस्पोरालाई आज डायस्पोरा मात्र नभनेर बहुराष्ट्रिय रुपमा उपस्थिति पनि भनिन्छ । आज यही सबै परिवेशमा म तामाङ डायस्पोराको चर्चा गर्न चाहन्छु ।
डायस्पोरामा दुईटा कुरा हुन्छ– एउटा होस्ट कन्ट्री हुन्छ, जहाँ हामी बस्छौं । अर्को चाहीँ होम कन्ट्री/ल्यान्ड (मूलघर) हुन्छ, जहाँबाट हामी गएका हुन्छौं । डायस्पोरा जो जहाँ जहाँ फैलिएको छ, विस्थापित भएको छ, छरपष्टिएको छ, उनीहरुको एउटा सिङ्गो पहिचान, एक विशेष स्थानसँग देखाउन सकिन्छ, जो एउटा विशेष मूलघरमा देखाउन सकिन्छ, साझा हुन्छ र त्यो मूल घरप्रतिको आकांक्ष र भावना, यो सबैले डायस्पोरालाई परिभाषित गर्छ ।
सुरुआति दिनमा विद्ववानहरुको बुझाइ थियो, उहाँहरु जानिन्थ्यो डायस्पोरामा अनैच्छिक विस्थापन हुन्छ, आफूले नचाहँदा नचाहँदै विस्थापन हुने, धेरै कष्ट भोग्ने, शोषण हुने, शोषणहरुको अनुभव हुने यो सबै डायस्पोरा थियो । तर आज विश्वव्यापिकरणको यो युगमा जुन प्रकारको बजार अर्थतन्त्र चलिरहेको छ यो युगमा हामी जान्दछौं कि धेरै ऐच्छिक बसाइँ सराइ पनि छ । भिषा लगाएर जाने, स्थायी बसोबासको अनुमति पाउने र नागरिकता पाउने÷लिने कुराहरु पनि छन् । त्यसलाई पनि आज डायस्पोराको रुपमा मानिन्छ, लिन्छन् । त्यसो हुँदा डायस्पोराको परिभाषालाई आज अन्तरदेशीय बसाइँ सराइको रुपमा पनि बुझिन्छ, माथि पनि भनि सकेँ बहुराष्ट्रिय उपस्थितिको रुपमा पनि बुझिने रहेछ किनभने सबै बसाइँ सराइ आजको स्थितिमा विस्थापनको बसाइँ सराइ होइन, छैन ।
अहिले धेरै सुखद बसाइँ सराइ पनि रहेको छ, हुने गरेको छ । धेरै माहिनसहरुको अहिले पहिलो विश्वतिर जानेहरुको तात्पर्य पनि सुखतिर जाने नै हो । हामी जान्दछौं कि संसारमा सबैभन्दा ठूलो डायस्पोरा भारतीय डायस्पोरा हो । भारतीय डायस्पोरा जति पनि छन् उनीहरु कुनै भिषण परिस्थिति भएर बसाइँ सरेको होइन, धेरैजसो ऐच्छिक बसाइँ सराइ छन् र विदेशमा गएर दोस्रो, तेस्रो पिढीँसम्म भैसकेका छन् ।
विद्वानहरुमा बुझाइ छ र मैले पनि यसरी नै बुझेको छु कि डायस्पोरा भनेको पहिलो कुरा, एउटा समूह हो, त्यो समूह हो जुन चाहीँ आफ्नो घरदेखि बाहिर कुनै ठाउँमा बसेको हुन्छ, विस्थापित भएर बसेको हुन्छ । विस्थापित हुने कारण केही पनि हुनु सक्छन्, चाहे त्यो सामाजिक कारणले होस्, चाहे त्यो आपत् विपद्को कारणले होस्, चाहे त्यो अभियोगको कारणले होस् या व्यवसायीक कारणले होस् अर्को देशमा गएर बस्ने समूह हुन्छ । त्यो समूह सामूहिक रुपमा बसाइँ सरेको पनि हुन सक्छ, व्यक्तिगत रुपमा बसाइँ सरेर गएर एउटा समूहसँग जोडेको पनि हुन सक्छ, जरुरी छैन कि एउटा समूहको रुपमै विस्थापित हुनु पर्छ । यहाँबाट एक्लै गएर पनि सामुहिक भावना भएको, हामी समूह हौं भन्ने एकताको भावनात्मक जोडाइमा मिसिन सक्छ । दोस्रो कुरा, सरणार्थी वा भिषा लगाएर गएकै किन नहोस्, यी दुबै अलग अलग क्याटागोरी भए तापनि त्यहाँ गएर त्यो समूहसँग जोडिएर समूहमा एकताको सुत्रमा जोडिन्छन् । आफ्नो मूलघरसँगको सांस्कृतिक र आत्मिय सम्बन्धको भावनासँग डोडिन्छन् । चाहे त्यो एनआरएन किन नहोस्, उनीहरु पनि डायस्पोराको दर्जामा आउँछन्, उनीहरु आफैँले सामूहिक भावनाको एउटा साझ थ्रेट पाउँछन्, त्यो साझा थ्रेट भनेको चाहीँ आफ्नो मूलघरसँग, मातृभूमिसँगको एउटा भावनात्मक लगाव, भावनात्मक जोडाइ र हामी त्यो ठाउँको हो भन्ने जजस्ले सेयर गर्छ ती सबैमा डायस्पोरामा पाउँछन् । त्यसैले डायस्पोरा अर्को देशमा बस्छन् तर आफ्नो मातृदेशसँग आफ्नो परिचय स्थापित गर्न चाहन्छन्, आफ्नो परिचय मातृदेशसँग जोड्छन्, त्यही जोडाइ (बिलोङ्गिङनेस) जो जहाँ बसेतापनि एउटा समूहको रुपमा पाउँछन् । तामाङ डास्पोरालाई पनि यही रुपमा बुझ्नु पर्दछ, लिनु पर्दछ ।
जब मान्छे बसाइँ सर्छन् उसले आफ्ना अनुभवहरु पनि सँगै लिएर गएका हुन्छन् । समय क्रममा डायस्पोरा साहित्यको पनि जन्म र विकास हुन्छ । डायस्पोरा साहित्यले तीनै डायस्पोरा भावना र अनुभवहरु बोकेका हुन्छन् । यूके, जपान, अमेरिक, यूरोपलगायत देशहरुमा पहिलो तामाङ पुस्ताहरु होलान्, छन् । उहाँहरु डायस्पोराको रुपमा विकसित हुँदैछ, डायस्पोरा कम्युनिटीको रुपमा विकसित हुँदैछ । जसरी जसरी विकसित हुँदै जान्छन् त्यसरी त्यसरी नै साहित्यको पनि विकास हुँदै जान्छ । तामाङ डायस्पोरिक साहित्यको कुरा गर्ने हो भने त्यो केवल कविता, लघुकथा, उपन्यास लेखेर मात्र साहित्यको परिभाषा हुँदैन, शारिरीक अभिव्यक्ति पनि हो साहित्य ।
डायस्पोराले मूलथलोका सेन्स अफ ह्युमर भन्दा धेरै प्रकारले फरक बाँचेको हुन्छ । उदारणको रुपमा राजनीतिक आन्दोलनमा पनि डायस्पोरामा जुन प्रकारको स्वाधिनत हुन्छ, निगरानीबाट मुक्त हुन्छ या सरकारको प्रतिबन्धबाट मुक्त हुन्छ, ती सबैलाई हामी विभिन्न ठाउँमा देख्छौं डायस्पोराले प्रयोग गरेर, परिचालन गरेर, त्यसको समर्थनमा मूलथलोको राजनीतिमा पनि हस्तक्षेप गरेका धेरै उदाहरणहरु हामी देख्छौं । मलाई लाग्छ डायस्पोराको प्रमुख कार्यहरुमध्ये यो पनि हो । हर प्रकारले एउटा हस्तक्षेत्र र बराबर, परस्पर भावनात्मक सम्बन्ध साथमा वित्ति र प्रविधिको सहयोग त गर्छ नै गर्छ, विशेष गरी पहिलो विश्वमा रहेका छन् भने । ती बाहेक डायस्पोराले आफ्नो मूलथलोको राजनीतिमा बारम्बार चासो राख्ने र त्यहाँको पहिचानको राजनीतिमा प्रभाव पार्ने काम गर्छ । अर्को कुरा विदेशमा मान्छेहरु जहिले पनि पहिचानलाई बेसी खोज्छ, पहिचानलाई ध्यान दिने प्रयास पनि गर्छ । हामी हाम्रो घरमा हुँदा पहिचानलाई वास्ता गर्दैनौं जति बाहिर गएपछि गर्छौं । सम्बन्धितको भावना, आफ्नो मान्छेहरु खोज्ने, कम्युनिटी बनाउने ती सबैले पनि डायस्पोराको उग्रताबाट जोगाइ राख्ने कार्य पनि गर्छ ।
तामाङ डायस्पोराभित्र पनि धेरै विविधताहरु छन् । विविधता भित्र एकताको खोजी तामाङ डायस्पोराको मुद्दा हो र चुनौती पनि ।
तामाङ डायस्पोराभित्र पनि धेरै विविधताहरु छन् । विविधता भित्र एकताको खोजी तामाङ डायस्पोराको मुद्दा हो र चुनौती पनि । हामीले सबैभन्दा पहिले बुझ्नु पर्ने कुरा भनेको तामाङ डायस्पोरा होमोजेनस (एक रुप भएको) डायस्पोरा होइन । जस्तो, भारतीय तामाङ र नेपाली तामाङको विषयलाई लियौं भने उनीहरुको ऐतिहासिक परिस्थिति अलग अलग हुने कारणले गर्दा भारतको तामाङ विदेशमा गयो वा नेपालको तामाङ विदेश गयो भने उनीहरु तामाङ डायस्पोराको अङ्ग भए तापनि उनीहरुको ऐतिहासिक स्थलमा एकरुपता छैन त्यो कुरालाई पहिलो हामीले स्वीकार गर्नु पर्छ, बुझ्नु पर्छ र यो स्वीकार्दै अघि बढ्यौं भने हामीले आफ्नो तामाङ डायस्पोराको समानताहरु के के छन् ? साझा कुराहरु के के छन् ? त्यो खोज्न सक्छौं । त्यसो भएको हुँदा सबैभन्दा पहिले त्यसलाई पहिचान गरेर त्यसबाट अघि बढेर तामाङ डायस्पोराले कुन कुरालाई साझा मानेर अगाडि बढ्न सक्छ, त्यो चाहीँ सबैभन्दा पहिलो कुरा हो । यो बुझ्नु जरुरी छ ।
तामाङ डायस्पोरालाई कुन साझा कुराले बाँध्छ त ? कुन कुराले हामीलाई एक गर्छ त ? उदाहरणको रुपमा म तपाईंहरुको ध्यानाकर्ष गर्न चाहन्छु कि अन्तराष्ट्रिय तामाङ सम्मेलन जो काठमाण्डूमा २००२ मा सम्पन्न भयो, त्यो सम्मेलनको घोषणापत्रमा हामीले आफ्नो तामाङहरु जो फैलिएर बसेको छ विश्वभरिमा उनीहरुसँग सम्बन्ध राखेर, उनीहरुसँग समन्वय बनाएर एक प्रकारले तामाङको हितलाई प्रवद्र्धन गर्न सक्छौं भनेर लेखिएको छ । यसतर्फ काम गर्न सक्नु पर्छ भन्ने पहिलो अन्तराष्ट्रिय तामाङ सम्मेलनको घोषणापत्रमा छ । सबभन्दा पहिले हामीले पहिचान गर्नु प¥यो कि त्यो तामाङको हित चाहीँ के हो ? कुन हित चाहीँ तामाङको हित हो ? तामाङको हित धेरै प्रकारको हुन सक्छ । त्यसमा साझापनको पहिचान मैले माथि नै भनि सकेँ । त्यसैले तामाङको राष्ट्रियता भन्दा पनि माथि उठेर उसको साझा हितलाई पहिचान गर्नु पहिलो र मुख्य कुरा हो । त्यो भनेको तामाङ भाषा हुन सक्छ । तामाङ भाषा तामाङ डायस्पोराका न्यूनतम समानता हो, तामाङ भाषाले हामीलाई एक गर्छ । यसले हामी सबैलाई साझा रुपमा, एक सुत्रमा बाँध्न सक्दछ । भाषा संरक्षण आज हामी सबैको साझा चुनौती हुन सक्छ । यसमा विशेष गरी प्रविधिको महत्वपूण भूमिका रहन्छ भन्ने मलाई लाग्छ । तामाङ किताबहरुको डिजिटाइजेसन, सरल उपलब्ध भए र भाषा सिक्न यस प्रकारको प्रविधिको प्रयोग तामाङ डायस्पोराले गर्यो भने आउँदा दिनहरुमा हाम्रो भाषा संरक्षणमा ठूलो सहयोग हुनेछ ।
(यो लेख डा. मुनिसद्वारा गत भदौ ६-८ गतेसम्म तीन दिन भर्च्यअल माध्यमबाट संचालित पाँचौ तामाङ ज्ञान महोत्सवमा व्यक्त विचारको आधारमा तयार गरिएको हो । – सम्पादक)