साउदी अरेबियाबाट नेपालका लागी १२ चार्टरउडान हुने भएको छ । उक्त उडानहरु नेपाल एयरलाइन्स, हिमालय, एयर अरेबिया र सलम एयरलाइन्सले भर्ने नेपाली दूतावासले सूचना जारी गरेर बिहीबार जानकारी दिए ।
दूतावासका अनुसार उक्त चार्टरउडान साउदीको रियाद र दमामाबाट काठमाडौंका लागी हुनेछन्, भने जेद्दाबाट दुबई हुदै काठमाडौंं पुग्नेछन् । चार्टरउडान अक्टोबर १, ३, ४, ७, ९ र १० तारीखमा हुने दूतावासले बताए । नेपाल एयरलाइन्सले शनिबारबाट टिकट बिक्री गर्न सुरु गर्ने साउदी प्रतिनिधि सुरेशराज त्रिपाठीले बताए । उनलाई टिकटका लागि ०५८०५९६१४० र ०५५३१०१६४४ सम्पर्क गर्नुपर्ने छ । त्रिपाठी रियादको बथास्थित गिल्ट ट्राभल्स एन्ड टुर्समा कार्यरत छन् ।
दमामबाट हिमालय एयरलाइन्सले अक्टोबर १ मा उडान भर्ने छन् ,भने बाँकी सबै रियादबाट नेपाल एयरलाइन्सले भर्ने दूतावासले जानकारी दिए । दमामबाट हुने उडानको टिकटका लागि सिकोस्थित रहेको एयरलाइन्सका सम्पर्क गर्न प्रतिनिधि सुवास तिमिल्सिनाले आग्रह गरे । तिमिल्सिनालाई मोबाइल नम्बर ००९६६५९८४००१९८ मा समेत सम्पर्क गर्नसक्ने छन् , भने अन्य समस्या भएमा दूतावासका कर्मचारी हरि घिमिरेलाई मोबाइल नम्बर ०५०००८१५३६ मा सम्पर्क गर्नसक्ने छन् ।
त्यस्तै रियादबाट सलम एयरलाइन्सले समेत काठमाडौंका लागि दुई चार्टरउडान भर्ने नेपाली दूतावासले बताएको छ । दूतावासका अनुसार सलम एयरलाइन्सले रियाद-काठमाडौं एकतर्फी टिकटको ४६० डलर ( १७५०रियाल) लाग्ने प्रतिनिधि पुर्ण सारु मगरले बताए । उनका अनुसार उडानमा २० किलो लगेज र ७ किलो हातमा लान पाउने छन् । सलम एयरलाइन्सको टिकटका लागि प्रतिनिधि मगरको मोबाइल नम्बर ०५९७६६३१७७ र ०५८२४३७१०२ मा सम्पर्क गर्नुपर्ने छ ।
यसैगरी जेद्दाबाट एयर अरेबियाले नेपालका लागि ४ चार्टरउडान भर्ने भएको छ । एयर अरेबियाले सेप्टेम्बर २५, २६, २७ र २८ तारिखमा हुने बताइएको छ । उक्त उडानका लागि दूतावासको अनलाइन फाराम नपर्ने ट्राभल्स एजेन्सीले बताए । जेद्दास्थित पान्डा सुपर मार्केटमा कार्यरत एक नेपालीले टिकट लिइएको समेत बताए । उक्त नेपालीका अनुसार जेद्दा-दुवै-काठमाडौंका एकतर्फी टिकट मूल्य २१००रियलदेखि २४०० साउदी रियलसम्म पर्ने ट्राभल एजेन्सीले बताए ।
सलम र एयर अरेबियाले पहिलोपटक चार्टरउडान भर्न लागेको साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसादसिंह राजपुतले जानकारी दिए । उनकाअनुसार चारवटा एयरलाइन्सले यहाँ अलपत्र परेका नेपालीहरुलाई उद्धार गरि नेपाल पुर्याएपछि केही हदसम्म समस्या सुल्झाउने छन् ।