अनलाइन एकल नृत्य सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

एम्बिसन एकेडेमी मध्य बानेश्वर काठमाडौंको अनलाइन एकल नृत्य प्रतियोगिता २०७७को फाइनल कार्यक्रम सम्पन्न भएको छ । कोभिड–१९ का कारण पठनपाठन बन्द भइरहेको अवस्थामा फुर्सदको समयलाई सदुपयोग गर्दै एकल नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

अडिसन राउन्ड, सेमिफाइनल राउन्ड र फाइनल राउन्ड गरि तीन चरणमा सम्पन्न भएको बिद्यालयका नृत्य निर्देशक चुडामणि फुयालले जानकारी दिए ।

कार्यक्रममा घरमै नाचेको भिडियो पठाएपछि सोहीअनुसार मूल्यांकन गरी नतिजा निकालेको निर्देशक फूयालले बताए । उनका अनुसार समूह ‘ए’ मा कक्षा १ देखि ३ सम्म, समूह ‘बी’ मा कक्षा ४ देखि ६ सम्म र समूह ‘सी’ मा कक्षा ७ देखि १० सम्म गरि तीन समुहमा बिभाजन गरिएको थियो ।

फाइनलका बिद्यालयको नृत्य कक्षामा सामाजिक दुरि कायम गर्दै प्रोजेक्टरबाट सम्पूर्ण प्रतिस्पर्धीहरुको नृत्य अवलोकन गरेका थिए ।

प्रतियोगिताको निर्णायक नृत्य निर्देशक संघ नेपाल, काठमाडौं जिल्लाका अध्यक्ष बुद्ध लामा तितुङ थिए ।

समूह ‘ए’ बाट अनुष्का कार्की प्रथम, श्रेयन थापा द्वितीय, पनिसा राई र युबिना कट्टेल तृतीय तथा गृष्मा मोक्तान र प्रसिद्धि सापकोटा सान्त्वना हुन सफल भएका छन् ।


त्यस्तै गरि समूह ‘बी’ बाट चक्छु भट्टराई, पुरवी अधिकारी, रेहाना राई र श्रेया विमली क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका छन् ।

समूह ‘सी’ बाट प्रमिला नेपाली, प्रविज्ञा नेपाल, श्रेया शाह र अन्तरा घिमिरे प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन।

एम्बिसन एकेडेमिका प्रिन्सिपल बिष्णु प्रसाद घिमिरेले सम्पूर्ण विजयी विद्यार्थीहरुलाई बधाई दिदै सहभागी सम्पूर्णलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया