साउदीमा शुक्रबार दुई गुणा कोरोना निको, नयाँ संक्रमित ४७२ जना

साउदीमा अहिलेसम्म तीन लाख ३२ हजारभन्दा धेरै संक्रमित

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा पछिल्लो दिन कोरोना भाइरस (कोभिड-१९) नयाँ संक्रमित घट्नेक्रम जारी छ । यसै क्रममा शुक्रबार कोरोना भाइरस नयाँ संक्रमित ४७२ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए ।

प्रवक्ता डा. अब्दुलीका अनुसार अहिलेसम्म कुल कोरोना भाइरस संक्रमित तीन लाख ३२ हजार ३२९ जना पुगेका छन् । ‘ कुल संक्रमितमध्ये १२ हजार ६८ जना बिरामीहरु यहाँका कोभिड अस्पतालहरुमा उपचाररत हुनुहुन्छ,’ प्रवक्ता डा.अब्दुलीले भने,’ उहाँहरुमध्ये १ हजार ४३ जनाको अवस्था गम्भीर रहेकाले चिकित्सकहरुको बिशेष टोली परिरहनु भएको छ ।’

त्यसैगरी शुक्रबार कोरोना भाइरस संक्रमित ८४३ जना उपचारपछि निको भएको प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले जानकारी दिए । उनका अनुसार हालसम्म साउदी अरेबियामा उपचारपछि तीन लाख १५ हजार ६३६ जना निको भैसकेको छ ।

साउदी अरेबियामा अहिलेसम्म कोरोना भाइरसबाट ४ हजार ६२५ जनाको मृत्यु भएको प्रवक्ता डा.अब्दुलीले बताए । उनका अनुसार शुक्रबार मात्रै कोरोना भाइरसको उपचार गरिरहेका २७ जनाले ज्यान गुमाएका छन् ।


यहाँ कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी साउदीमा विभिन्न स्रोतका अनुसार झन्डै ६ हजारको हाराहारीमा नेपालीहरुसमेत संक्रमित भएका छन् । तीमध्ये ६० भन्दा बढी नेपालीको कोरानाबाट मृत्यु भैसकेको जानकारी आएको दूतावासको भनाइ छ । दूतावासका अनुसार अन्य संक्रमितहरु सबैजसो निको भैसकेका छन् ।

रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरु कोरोनाका कारण कति पीडित भए वा मृत्यु त्यसको यकिन तथ्यांकका लागि दूतावास लागि रहेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा त्यति धेरै समस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने गलत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको ‘, उनले भने,’ कोरोनाले पीडित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’

तपाईको प्रतिक्रिया