देशभर एक १ हजार २ सय बढी कोरोना सङ्क्रमित थप्यो, कूल ७१ हजार नाघ्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

२४ घण्टामा नेपालमा १ हजार २०७ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कूल सङ्क्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतम सो जानकारी दिएका हुन् । उनले आज थप ११४७ जना कोरोना संक्रमित डिस्चार्ज भएको बताए ।

मन्त्रालयका अनुसार ६ हजार ३३१ जना क्वारेन्टाइनमा छन्।

यस्तै ८ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४६७ पुगेको छ।

तपाईको प्रतिक्रिया