अत्तरपुर स्वास्थ्य चौकीको सेवा बन्द

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

लिसंखुपाखर गाउँपालिकास्थित वडा नं. ४ का अत्तरपुर स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमित देखिएको छ ।


पिसिआर पोजेटिभ देखिएपछि गाउँपालिकाले उक्त स्वास्थ्य चौकीबाट हुने सेवा असोज १४ गतेसम्म बन्द गरिएको सुचना जारी गरेको छ ।

सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका अन्य व्यक्तिको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ कार्य भइरहेको समेत गाउँपालिकाले जनाएको छ ।

उनीहरुको स्वाब संकलन गरी परीक्षण गर्नुपर्ने र रिपोर्ट नआएसम्म आपतकालीन बाहेक अन्य सेवा बन्द गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया