लिम्बुवानको एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
पाँचथर

संघीय लोकतान्त्रिक राष्ट्रिय मंचले एकदिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सम्पन्न बिधा प्रचार माविको भवन नाम्लुवामा सम्पन्न प्रशिक्षणमा जिल्ला अध्यक्ष सागर केरुङले सहजीकरण गरेका थिए ।


संघीय लिम्बुवान मंच फालेलुङ गाउँपालिकाको आयोजनामा गरेको प्रशिक्षण कार्यक्रममा ४२ जना सहभागी रहेको सहजकर्ता केरुङले जानकारी दिए ।

अध्यक्ष केरुङका अनुसार कार्यक्रममा पाँचथर जिल्लाका सदस्यद्वय प्रकाश केरुङ, तिलबहादुर केरुङ, संघीय बिद्यार्थी युनियन जिल्ला अध्यक्ष सुबास नुनाम केरुङ, संघीय युवा मंच, जिल्ला सचिव रामचन्द्र नेम्बाङ, सहसचिव गगन जबेगु, सदस्य सुजन मादेन लगायतको उपस्थिति रहेका थिए ।

प्रशिक्षण कार्यक्रम संघीय लिम्बुवान मंच फालेलुङका अध्यक्ष कुमार केरुङको अध्यक्षतामा भएको थियो, भने सचिव कुमार यवाको संचालन गरेको थियो ।

तपाईको प्रतिक्रिया