साउदी अरेबियामा एनआरएन र पिएनसिसीको हेल्प डेक्स कार्यक्रम

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
अल कासिम, साउदी अरेबिया

एनआरएन अल कासिम र पिएनसिसी साउदी अरेबियाले शुक्रबार हेल्प डेस्क सम्पन्न गरेको छ । साउदीको अल कासिमस्थित बुरैदमा शुक्रबार हेल्प डेक्स कार्यक्रम गरेको हो ।

कार्यक्रममा कोरोनाका कारण पीडित भएका ९ जना श्रमिहरुले आफ्ना समस्या राखेको थियो । उनीहरूको समस्या समाधान लागि पहल गर्ने दूतावासका श्रम काउन्सेलर जीवनकुमार राइले प्रतिबद्धता जाहेर गरे । श्रमिकको समस्यालाई प्राथमिकताका साथ न्यूनीकरण गर्न दूतावास लागिपरेको बताए । ‘ यहाँ कार्यरत नेपालीहरुलाई पासपोर्ट सहजीकरण गर्नुपर्नेमा दूतावास टोली अल कासिममा उपस्थित हुन्छौं,’ श्रम काउन्सेलर राईले भने,’ अन्य समस्याहरु यहाँ रहेका संघसंस्था, समाजसेवी लगायतहरुबाट पहिचान गरि छिटो समाधान गर्नेतर्फ दूतावास अग्रसर हुन्छौं ।’


कोरोनाका कारण समयमा टिकट नपाउने, अनलाइन फाराम भर्ने लगायत अन्य श्रमिक समस्याहरु कार्यक्रममा उपस्थितिले आफ्ना पीडा राखेका थिए ।

कार्यक्रममा उपस्थित भएर पीडित श्रमिकहरुको समस्यालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने कोसिस गरेकोमा दूतावास परिवार तथा श्रम काउन्सेललाई पिएनसिसी साउदी प्रतिनिधि तथा एनआरएनका सदस्य नारायण पासवानले धन्यवाद दिए । त्यस्तै कार्यक्रमको मुख्य उदेश्य भनेको श्रमिकहरुको पहिचान गरी समस्या समाधान नै मुल उद्देश्य भएको एनआरएनका मनार्थ सदस्य रमेश भण्डारीले बताए ।

उक्त कार्यक्रममा एनआरएन साउदीका उपाध्यक्ष बिशाल कुमार श्रेष्ठ, सदस्य मनिष कोइराला, एनआरएन अल कासिमका उपाध्यक्ष कृष्ण अधिकारी, सहसचिव ध्रुब कटुवाल, युवा संयोजक काजिमान कन्धवा, प्रबक्ता नुरुल जमा अन्सारी लगायत उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया