सिन्धुपाल्चोकको ताङ्जो पुजा असोज २९ गते

संगम लामा संवाददाता
1862 Shares
लिसंखुपाखर, सिन्धुपाल्चोक

ताङ्जो (महाँकाल हरिसिद्धि) को पुजा असोज २९ गते हुने भएको छ । सिन्धुपाल्चोको लिसंखुपाखर गाउँपालिका-१ ठूलो धादिङस्थित ताङ्जोको पूजा हुने पुजारी सन्तवीर तामाङले जानकारी दिए ।

पुजारी तामाङका अनुसार जेठ र असोजमा गरी वर्षमा दुई पटक विशेष पुजा हुने ताङ्जोमा प्रत्येक औंसी र पूर्णिामामा धूप बत्ती चढाउने गर्छन् ।

बिशेश गरेर बिहीबारको दिन पूजाअर्चना गर्नुपर्ने ताङजो मन्दिरमा यसपालि फूलपातीभन्दा १० दिनअघि पूजा परेको छ । पूजाका दिन भक्तजनले सेतो वस्तु जस्तै सेतो कपडा, सेतोफूल, दूध लगायत तामाको त्रिशूल र सुन जस्ता महंगा धातुसमेत चढाउने गर्दछन् ।

ताङजो दर्शन तथा पूजाका लागि छिमेकी जिल्ला दोलखा, काभ्रे, रामेछाप लगायत सिन्धुली, सर्लाही, मकवानपुर र काठमाडौंबाट समेत श्रद्धालु आउने गरेको पुजारी तामाङको भनाइ छ ।

ताङ्जो महाकालको पुजा तथा दर्शन गर्न जादा (म्राब्सोङ घाल) स्थानीय भाषामा ढोकाको प्वाल भएर जानुपर्ने धार्मिक मान्यता रहेको पुजारी तामाङले बताए । उनका अनुसार महाकाल दर्शन गर्न आउन यसवर्ष ताङ्जो धार्मिक तिर्थस्थल संरक्षण समितिले ठाउँठाउँमा आफ्ना सदस्य खटाएर दर्शनार्थीहरुलाई मन्दिर पुग्न सजिलो बनाउने छन् ।

ताङ्जोको दर्शन तथा पूजा गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वस रहँदै आएको छ । संरक्षण समितिले गोरेटो बाटो, खानेपानी, विद्युत लगायत व्यवस्थापन गरि भक्तजनहरुलाई सहज ढंगले दर्शन गर्न सेवा दिने अध्यक्ष तिर्थलामा तामाङले बताए । गाउँपालिकाकै सबैभन्दा उचाइमा रहेको ताङ्जो आसपास स्थानीय भाषाका गुफा तथा ससाना मन्दिर रहेको पुजारी तामाङको भनाइ छ ।

तपाईको प्रतिक्रिया