सेनाद्वारा बनाइएको बाटो गाउँपालिकालाई हस्तान्तरण

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
343 Shares
रसुवा

लामटाङ राष्ट्रिय निकुन्जको सुुरक्षार्थ खटिएको नेपाली सेना कालिजंग गणले बनाइएको बाटो गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
गोसाईकुण्ड पदमार्गको बुद्ध मन्दिरदेखि गोसाईकुण्डसम्मको भिरको बाटोमा रेलिङबार र विश्राम स्थल निर्माण गरि आइतबार एक कार्यक्रमबीच गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाको नागरिक—सैनिक सम्बन्ध विकास कार्यक्रम अन्तरगत गोसाईकुण्ड गाउँपालिका वडा नं. ५ मा रहेको गोसाईकुण्ड जाने भीरको बाटो निर्माण गरेका हुन् ।

बुद्ध मन्दिरदेखि गोसाईकुुण्डसम्म २.५८ कि.मि. लामो रेलिङ तथा प्रवेशद्धार चोलाङपाटीमा ४०/४० फिटको विश्राम स्थल र बुद्ध मन्दिरमा १२÷१२ फिटको सेडघरको निर्माण सम्पन्न गरी ६ नं. बाहिनी अड्डाका बाहिनी पति सहायक रथी सुनिल श्रेष्ठले उद्घाटन गरेका हुन् ।

गएको जेठ महिनादेखि गणका सहसेनानी रामभक्त आचार्यको नेतृत्वमा अधिकृत पदिकगरी ३६ जनाले अहोरात्र खटिई कोरोनाको असहज परिस्थिती वर्षातको कुनै प्रर्वाह नगरी निर्धारित समयमै तोकिएको जिम्मेवारी पुुरा गरेको छ ।

प्रधानसेनापतिको निर्देशन र लक्ष्य अनुसार छिटो लाभ पुग्ने योजना अन्तर्गत निर्माणमा ५० लाख बजेट आएको थियो । टेन्डर गर्दा अमृत घले निर्माण सेवाले निर्माण सामाग्री तथा आपुर्तिको ठेक्का ३५ लाख ६ हजार ६ सय ६५ रुपैया सम्झौता गरेको थियो । गणले १० लाख १२ हजार तिन सय ६९ रुपैया बराबरको श्रमदान गरेको थियो ।

हस्तान्तरण कार्यक्रममा कालिजंग गणका पति सर्बेन्द्र नगरकोटी, गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङ, वडा नम्बर ५ का अध्यक्ष सिङगीदिण्डुप तामाङ, नेकपा जिल्ला अध्यक्ष कान्र्याल लामा, नेपाली कांग्रेस जिल्ला सभापति पेम्बाछिरिङ तामाङ, लाङटाङ राष्ट्रिय निकुन्जको प्रमुख संरक्षण अधिकृत सुष्मा राना, सुरक्षा निकायका प्रमुख, स्थानिय समाजसेवी, भु.पु सैनिक स्थानीय होटल व्यवसायी पत्रकार लगाएत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया