‘रक्तदान नै जीवनदान हो’ भन्ने मूल नाराकासाथ आइतबार भृकुटीमण्डपमा बृहत रक्तदान भएको छ ।
समाज कल्याण परिषदको ४१ औं स्थापना दिवस एवं सामाजिक सेवा दिवसको अवसरमा भृकुटीमण्डपमा बृहत रक्तदान गरेको हो ।
समाज कल्याण परिषद, राष्ट्रिय स्वास्थ्य कोष, राष्ट्रिय अपाङ्ग कोष, जेष्ठ नागरिक कोषद्वारा आयोजित रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ ।
रक्तदान कार्यक्रममा अपाङ्ग, नेपाल प्रहरी, आयोजक संस्थाका सदस्यहरु लगायत अन्यलाई रक्तदान गरेको जेष्ठ नागरिका कोषका सभापति बसन्तराज कार्कीले जानकारी दिए ।