अँध्यारोलाई उज्यालोमा परिणत गर्ने शिक्षा नै हो तर जुन अहिले कोरोनाको माहामारीले आक्रान्त छ । तैपनि यस क्षेत्रमा लागिपरेका शिक्षकहरुको समूहले गुणस्तरीय शिक्षा दिने प्रयत्नकासाथ नयाँ कलेजको स्थापना गरेको छ ।
अँध्यारोलाई उज्यालो देख्ने समूह हो, ‘मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.लि.’। विद्यार्थीलाई ज्ञानको साथसाथै सीप प्रदान गरिने उद्देश्यकासाथ मनास्लु वल्र्ड कलेजकोे स्थापना गरेका हुन् । जुन कलेजमा विगत दुई दशकदेखि अध्यापन रहेका शिक्षकहरुको समूह छन् ।
विद्यार्थीहरुको चौतर्फी विकासका लागि र हरेक विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्दा गराउन सक्ने दक्षता बनाउने कलेजका प्रिन्सिपल राजन श्रेष्ठ बताउँछन् । कलेजले प्रविधिको प्रयोगबाट विद्यार्थीको अब्बल क्षमता निर्माण गर्ने उनी बताउँछन् ।
प्रिन्सिपल श्रेष्ठ भन्छन, ‘कलेजले विद्यार्थीहरुमा उद्यमशिल बन्न उत्प्रेरित गर्ने, टिम वर्क गरी व्यवसाय गर्न तथा प्राविधिक विषयमा अब्बल र बौद्धिक जनशक्ति निर्माण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।’
‘गुणस्तरीय शिक्षाको खोजीमा भौतारिनुपर्ने बाध्यताको अन्त्य भएको छ’, कलेजका अध्यक्ष गेन्द्र लामा भन्छन्, ‘शिक्षाको खोजीमा काठमाडौं आएर कलेज चहार्नुपर्ने विद्यार्थीको बाध्यता अब रहन्न ।’
मनास्लु वल्र्ड कलेज समयको माग र आवश्यकतामा केन्द्रीत भएर विश्वमा जहाँ पनि योग्य हुने विद्यार्थी उत्पादन गर्न प्रतिवद्ध छन् ।’
‘विद्यार्थीको चाहनाअनुसारको शिक्षामा दक्षता बनाउने अभिलाषा बोकेर अगाडि बढिरहेको छ’, प्रिन्सिपल श्रेष्ठ भन्छन्, ‘अरु कलेजको दाँजोमा शान्त एवं रमणीय वातावरण, १२ पास गरेपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा दक्षता हुने बनाउँछौं ।’ अध्ययनपछिको रोजगारी र व्यवसाय सञ्चालन लगायतमा समेत मार्गनिर्देश गर्ने उनको भनाइ छ ।
अतिरिक्त क्रियाकलापमा जोड दिने र अध्ययनमा उत्कृष्ट, खेलकुद, गायन, नृत्यको साथै अन्य विविध विद्याका अब्बल विद्यार्थीलाई पूर्ण छात्रवृत्ति समेत प्रदान गर्ने कलेजले जनाइएको छ ।