चार वर्षीय ब्लड क्यान्सर लिम्बुलाई आर्थिक सहयोग

63 Shares
धनकुटा

चार वर्षकी ब्लड क्यान्सर साक्षी लिम्बुलाई छथर जोरपाटी खेलकुद विकास समितिले आर्थिक सहयोग गरेको छ । खेलकुद विकास समितिले विभिन्न संघसंस्था तथा व्यक्तिबाट संकलित रकम ३ लाख ७६ हजार ३ सय ५५ रुपयाँ सहयोग गरेको हो ।

आर्थिक सहयोग एक कार्यक्रमका बीच बिरामीकी हजुरबुबालाई समितिका अध्यक्ष चन्द्र लिम्बु, १ नं प्रदेशका न्याय प्रशासन तथा विधायान समितिका सदस्य ईन्द्रमणी पराजुलीले हस्तान्तरण गरेको थियो ।

उक्त आर्थिक सहयोग सोमा तुम्वाहाङ, लोकेन्द्र तुम्वाहाङ, पित्तम खजुम र नगेन्द्र खजुम छथरजोरपाटी-३ वञ्चरे हाल हङकङ ७० हजार ५ सय ९०, प्रेम आङ्ला छथर जोरपाटी-४ खाम्नेरा हाल दुबई २६ हजार १ सय, उत्तरजंग राई धनकुटा नगरपालिका-२ भीरगाउँ हाल युके ५ हजार ७ सय ७०, यथाम (ञथाम)बहादुर मादेन धनकुटा नगरपालिका-१ हिले हाल युके ५ हजार, जमुना तुम्वाहाम्फे छथरजोरपाटी-५ हाल सिंगापुर एक लाख २ हजार, लतित तुम्वाहाङ छथरजोरपाटी-३ हाल धरान ३ हजार, ओम तुम्वाहाङ ३ हजार, छथरजोरपाटी खेलकुद विकास समिति ३६ हजार ६ सय ४५, सिधुवा बजारबाट ३१ हजार ३ सय १५, जोरपाटी बजारवाट ७ हजार ४ सय ४० रुपयाँ, चुलाचुली बजार १५ हजार १ सय,काजीमाने वजारबाट ३ हजार ७ सय ७० रुपैयाँ लगायत विभिन्न संघसंस्था तथा व्यक्तिबाट संकलन गरिएको अध्यक्ष लिम्बुले बताए ।

बिरामी बालिका अहिले कान्ति बाल अस्पताल काठमाडौंमा उपचार छिन् । कार्यक्रममा मदनभण्डारी फाउन्डेसनका जिल्ला अध्यक्ष निरेन तितुङ, छथरजोरपाटी गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्वु, उपाध्यक्ष भीमकला श्रेष्ठ लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया