लिम्बुवान भोलेन्टियर्सको प्रशिक्षण तथा छ्लफल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
इलाम

झापाको कमल गाउँपालिकामा लिम्बुवान भोलेन्टियर्सले प्रशिक्षण तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । भोलेन्टियर्स संघीय लिम्बुवान मंच नेपालको भातृ संगठन हो ।

पहिचानवादीहरु एकजुट नभएसम्म बिजय नहुने भएकोले एकजुट बाहेक विकल्प नभएको कार्यक्रमका प्रमुख अतिथि भोलेन्टियर्सका केन्द्रिय प्रवक्ता राजु राईले बताए । ‘ संगठन विस्तार तीव्र गतिमा भए अबको वैल्कपिक शक्ति नै मंच हुने,’ प्रवक्ता राईले भने,’ नेपालको राष्ट्रिय अखण्डता कायम राख्दै लिम्बुवान सहितको १०+१ प्रान्त कायम हुदैन तबसम्म शरीरमा एक थोपा रगत भइन्जेल लडिरहने छौं ।’

त्यस्तैगरी कार्यक्रमका विशिष्ट अतिथि संघीय लिम्बुवान मंचका केन्द्रिय सदस्य सुर्य प्रसाद याक्पादेनले पार्टीको धारणासँगै विस्तार बारे प्रष्ट पारेका थिए ।


लिम्बुवान भोलेन्टियर्स यस भेलाले सीनियर सिभिल कमाण्डरमा राज माबो, रान्जु लिम्बु र सन्दीप लिम्बू, बिपेन राई चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथि प्रवक्ता राईले लिम्बुवान भोलेन्टियर्स परिचयपत्र वितरण गरेको थियो ।

यस्तै कार्यक्रममा भोलेन्टियर्सहरुको उत्साहजनक सहभागिता रहेको थियो । संघीय मंचका कमल गाउँपालिका सचिब बिजेन्द्र मेनाङम्बोले संचालन गरेका कार्यक्रम पालिका इन्चार्ज तथा केन्द्रिय उपकमाण्डर बसन्त राज योङहाङले अध्यक्षता गरेको थियो ।

आइतबार सम्पन्न कार्यक्रममा संघीय मंच पार्टीका केन्द्रिय सदस्य प्रकाश नेम्बाङ, ईलाम केन्द्रिय उपकमाण्डर हाईजन लिम्बू , पूर्व तोपगाछी कमाण्डर नवराज राई, लगायत अन्य नेताहरूको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया