व्यवसायी मिश्रको निधन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडौं

व्यवसायी पर्शुराम मिश्र पेटको उपचारका क्रममा निधन भएको छ । मिश्रको काठमाडौंस्थित अस्पतालमा सोमबार बिहान् मृत्यु भएको पारिवारिक स्रोतले पुष्टि गरेको हो ।


मृतक मिश्र साउदीमा लामो समयदेखि कार्गो, ट्राभल्स, फैन्सी लगायत व्यवसायमा संलग्न थियो । मिश्र प्रवासी नेपाली एकता मंच साउदीका केन्द्रिय सदस्य तथा एनआरएन साउदीका सस्थापक सदस्य समेत हुन् ।

सुरुमा पेटमा पानी जमेको मिश्रलाई क्यान्सर भएको थियो । मिश्रको सोमबारनै दाहसंस्कार गर्ने परिवारिक स्रोतले बताए । परिवारिक स्रोतका अनुसार मृतकको रोग पहिचान हुदासम्म ढिला भैसकेको थियो ।

मृतक मिश्रलाई साउदी अरेबियामा रहेका संघसंस्थाका प्रतिनिधि तथा समाजसेवी लगायतले सामाजिक संजाल फेसबूकमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । मृतक मिश्र सन् १९९२ मा साउदी अरेबिया आएको जन सम्पर्क समितिका सभापति दिपक रेग्मीले जानकारी दिए । सभापति रेग्मीका अनुसार मृतक मिश्र व्यवसायीसँगै  समाजसेवमा समेत अग्रसर थियोे ।

 

तपाईको प्रतिक्रिया