एनआरएन साउदीद्वारा दस नेपालीलाई हवाई टिकट तथा क्वारेन्टाइन खर्च

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
2.9k Shares
साउदी अरेबिया

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाले बेखर्चि ६ जना नेपालीलाई टिकट र क्वारेन्टाइन खर्च उपलब्ध गरेको छ ।

संघले नेपाली दूतावास रियाद र महावाणिज्य दूतावास जेद्धाको अनुरोधमा बेखर्चिमा परी स्वदेश फर्किन हवाई टिकट खरिद गर्न नसकेकाहरुलाई क्वारेन्टाइन खर्च उपलब्ध गराएको अध्यक्ष तेजबहादुर थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार गैर आवासीय नेपाली संघ साउदी अरेबिया २६ सेप्टेम्बरमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेका हुन् । संघको आपतकालीन राहत कोष मार्फत रियादबाट ४ जना र जेद्दाबाट २ जना स्वदेश फर्किने नेपालीलाई हवाई टिकट दिइएको अध्यक्ष थापाले जानकारी दिए ।

संंघका कोषाध्यक्ष सन्तोष लुइँटेलका अनुसार जेद्दाबाट स्वदेश फर्किने नरेन्द्र सर्वारिया र महेन्द्र हेम्ब्रुमलाई अपुग टिकट र क्वारेन्टाइन खर्च उपलब्ध गरेका हुन् । भने रियादबाट चुत्रबहादुर दमाई, दलबहादुर खड्का, सुनिता पहरी र भारती घर्तीलाई पूर्ण टिकट र क्वारेन्टाइन अखर्च उपलब्ध गर्ने भएको छ ।

कोषाध्यक्ष लुइँटेलका अनुसार यसअघि कोरोना महामारीकै अवधिमा एक महिला सहित अन्य ४ जनालाई पनि गैर आवासीय नेपाली संघ साउदीको आपतकालीन राहत कोष मार्फत संघले हवाई टिकट उपलब्ध गराइसकेका छन् । उनका अनुसार अघिल्लो ४ जनामध्ये जिजान, अल कासिम र पूर्वी क्षेत्र दम्मामबाट एकएक जना बेखर्ची तथा असक्त बिरामी परेका नेपाली सहयोग माग्न सङ्घको सम्पर्कमा आएका थिए । नेपाली दूतावास रियादको सेल्टरमा रहँदै आएकी महिलाको लागि दूतावासको अनुरोध गरेको कोषाध्यक्ष लुइँटेलले बताए ।

तपाईको प्रतिक्रिया