पूर्वकप्तान थापा बने मनास्लु वर्ल्ड कलेजका ब्रान्ड एम्बेसडर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं
तस्विर : केटीएमखबर

मनास्लु वर्ल्ड कलेजले नेपाली फुटबलर एवं राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । सोमबार एक कार्यक्रमकाबीच मनास्लु टिम अफ इन्टरप्रिनर प्रालिका अध्यक्ष गेन्द्र लामा र पूर्वकप्तान थापाबीच एक वर्षका लागि द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा खेलकूदको विकासका लागि कलेजले गरेको कदरको सम्मान गर्दै जिम्मेवारीलाई पूरा गर्ने बताए । उनले भने, ‘यो सहकार्यबाट म निकै हर्षित छु ।’


यस्तै विद्यार्थीमा भएको खेलकूदको क्रेजलाई मध्यनजर गर्दै पूर्व कप्तान थापालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो, अध्यक्ष लामाले भने, ‘यसले कलेजको शीरशोभा पनि बढाएको छ।’

युवा उद्धमीको बहुआयामिक पक्षलाई जोड्नका लागि मनास्लु टिम अफ इन्टरप्रिनरको जन्म भएको हो । उक्त कम्पनी अन्तर्गत मनास्लु वल्र्ड कलेज र प्राक्सिस इन्टरनेशनल एकेडेमी सञ्चालन भएको छ ।

‘शैक्षिक व्यक्तिहरुको समुहले शिक्षा क्षेत्रमा केही गरौँ’ भनेर शिक्षामा नयाँ आयाम दिने उद्देश्यका साथ मनास्लु कलेजको स्थापना भएको हो ।
यस्तै कलेजका पिन्सिपल राजन श्रेष्ठका अनुसार राष्ट्रिय फुटबल टिमका यू–१६ कप्तान जान लिम्बुसँगै एन्फाका अन्य खेलाडीहरु पनि मनास्लुमा भर्ना भइसकेका छन् । सोही प्रतिवद्धताको कार्यन्वयनका लागि थापासँग एम्बेसडरको लागि सम्झौता गरिएको हो, उनले भने ।

तपाईको प्रतिक्रिया