साउदी अरेबियामा चौबीस घन्टायता सात सय कोरोना संक्रमित निको

साउदीमा अहिलेसम्म तीन लाख ३४ हजारभन्दा धेरै संक्रमित

नवराज तामाङ
नवराज तामाङ संवाददाता
साउदी अरेबिया

साउदी अरेबियामा चौबीस घन्टायता ६९६ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित निको भएको छ । मंगलबार उक्त संख्यामा कोरोना भाइरसको उपचार निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.मोहम्मद अल अब्दुलीले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रवक्ता डा.अब्दुलीका अनुसार अहिलेसम्म तीन लाख १८ हजार ५४२ जना कोरोना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

त्यसैगरी मंगलबार कोरोना भाइरस नयाँ संक्रमित ५३९ जना थपिएको प्रवक्ता डा. अब्दुलीले बताए । उनका अनुसार हालसम्म साउदी अरेबियामा तीन लाख ३४ हजार १८७ जना कोरोना भाइरसबाट संक्रमित भैसकेका छन् । कुल संक्रमितमध्ये १० हजार ९०६ जना बिरामीहरु यहाँका कोभिड अस्पतालहरुमा उपचार लिइरहनु भएको छ,’ प्रवक्ता डा.अब्दुलीले भने,’ तीमध्ये चिकित्सकहरुका अनुसार १ हजार ५ जना बिरामीको अवस्था भने गम्भीर रहेको छ ।’

साउदी अरेबियामा मंगलबार कोरोनाबाट २७ जनाको मृत्यु भएको अब्दुलीले जानकारी दिए । प्रवक्ता डा. अब्दुलीका अनुसार हालसम्म कुल कोरोना भाइरसबाट साउदी अरेबियामा ४ हजार ७३९ जनाले ज्यान गुमाएका छन् ।

साउदीमा कोरोनाको संकेत देखिएमा स्वास्थ मन्त्रालयको टोल फ्री नम्बर ९३७ मा फोन गर्नसक्ने प्रवक्ता डा. अब्दुलालीले बताए । ‘ We are all responsible ’ भन्ने नारालाई आत्मसात गरी कोभीड-१९ रोकथामका लागि सरकारले गरेका प्रयासलाई सबैले सहयोग गर्न प्रवक्ता डा.अब्दुलालीले आग्रह गरे ।

त्यसैगरी साउदीमा विभिन्न स्रोतका अनुसार झन्डै ६ हजारको हाराहारीमा नेपालीहरुसमेत संक्रमित भएका छन् । तीमध्ये ६० भन्दा बढी नेपालीको कोरानाबाट मृत्यु भैसकेको जानकारी आएको दूतावासको भनाइ छ । दूतावासका अनुसार अन्य संक्रमितहरु सबैजसो निको भैसकेका छन् ।

रोजगारीका लागि साउदी आइपुगेका नेपालीहरु कोरोनाका कारण कति पीडित भए वा मृत्यु त्यसको यकिन तथ्यांकका लागि दूतावास लागि रहेको राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले बताए । ‘ बाहिर हल्ला भएजस्तो साउदीमा त्यति धेरै समस्या नभएको र कोरोना लागेपछि बाँच्न सकिदैन भन्ने गलत सोचका कारण यहाँ कार्यरत नेपालीहरु आत्तिएको ‘, उनले भने,’ कोरोनाले पीडित भएकाहरूको पहिचान गरि दूतावासले खाद्यान्न सामाग्री लगायत उपलब्ध गराउदै आएको र पीडितहरुलाई नेपाल पठाउन दैनिक सम्बन्धित निकायसँग सहकार्य गरिरहेका छौं ।’

थप यो पनि 

साउदीबाट चार एयरलाइन्सले १२ चार्टरउडान गर्ने


साउदीबाट एकै दिन तीन उडान, एक्जिट नलागेकाले टिकट खरिद नगर्न आग्रह

साउदीमा शुक्रबार दुई गुणा कोरोना निको, नयाँ संक्रमित ४७२ जना

साउदीमा कोरोना घट्नेक्रम जारी, सोमबार ८ सयभन्दा धेरै संक्रमित निको

तपाईको प्रतिक्रिया