कोरोना खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
जेनेभा, स्वीट्जरल्यान्ड
FILE - Small bottles labbeled with a "Vaccine COVID-19" sticker and a medical syringe are seen in this illustration taken taken April 10, 2020. Photo: Reuters

संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोना भाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गरेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार गराउन ३५ अर्ब अमेरिकी डलरको आवश्यकता परेको उहाँले बताएको हो । ‘विश्व नै अहिले आपतकालिन अवस्थामा छ, त्यसको निवारणका लागि खोपको आवश्यकता पर्दछ, त्यसको विकास, उत्पादन र विक्रि वितरणका लागि ठूलो धनराशी चाहिने भएको छ,’ उनले भने ।

राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा उनले विश्वव्यापी यो महामारी अत्यका लागि सवैले सहयोग गर्नु पर्नेमा जोड दिए । विश्वलाई पुनः पहिलेकै अवस्थामा फर्काउनका लागि आआफ्नो ठाउँबाट सवैले योगदान गर्नुपर्ने तथा स्वास्थ्य, बौद्धिक, अध्ययन अनुसन्धानका क्षेत्रबाट र नीति क्षेत्रबाट पनि प्रयासहरु भइरहेको उनले जानकारी दिए । न्युन तथा मध्यम आर्थिक अवस्था भएका देशहरुलाई सहयोगको थप आवश्यकता भएको तर्फ उहाँले विश्वको ध्यान जानुपर्ने बताए ।

तपाईको प्रतिक्रिया