एनआरएनको पहलमा दोलखाका नेपाली स्वदेश फर्कायो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
अल कासिम, साउदी अरेबिया

एनआरएन अल कासिम साउदी अरेबियाको पहलमा दोलखा,बिगु गाउँपालिका-७, का गोविन्द नेपाली स्वदेश फर्काइएको छ । नेपाली सेप्टेम्बर २८ तारिख नेपाल फर्किएको हो ।


नेपाली मार्चबाट मज्रा (तरकारी खेती गर्ने ठाउँ )मा काम गर्दै आएको थियो । नेपालीलाई खाना बस्न र कामसमेत दिने सर्तमा एनआरएन अल कासिमका सदस्य रमण थापाले उक्त मज्रामा व्यवस्थापन गरेको थियोे । बिगत मार्च बाट साउदीमा रहेको लकडाउन कारण तत्काल नेपाल पठाउन असमर्थ हुँदा एक कृषि फार्मका सहयोगी आरसिसि सदस्य रमन थापा सित समन्वय गरि खान बस्न र काम समेत दिने गरि उक्त कृषि फार्ममा ब्यबस्था गरिएको थियो ।

झन्डै चार वर्षदेखि बुरैदास्थित हदफ अल कासिम फ्याक्ट्रीमा कार्यरत नेपाली चोरी केसमा ४ महिना जेल परेका थिए । उनलाई जेल मुक्तका लागि गत मार्चमा नेपाली दूतावासका स्वयंसेवक तथा एनआरएन साउदीका उपाध्यक्ष बिशाल श्रेष्ठले अल कासिमस्थित सम्बन्धित निकाय (पुलिस चौकी, अदालत, इमारा) लगायतहरुमा मुद्दाको फैसला गरि स्वदेश फर्काउन प्रक्रिया मिलाएका थिए ।

गत मार्चमा नै नेपाल फर्किनुपर्ने नेपाली कोरोना कहरका कारण सेप्टेम्बर २८ मा स्वदेश फर्काइएको दूतावासका स्वयंसेवक तथा एनआरएन साउदीका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार कम्पनीले चोरीको आरोपमा नेपालीलाई मुद्दासमेत दायर गरि कम्पनीबाट निकाली दिएका थिए । कम्पनीबाट निकालिएका नेपाली केही दिन रोडमै बाँस भएको गत अप्रिलमा साउदीबाट संचालित अनलाइन मिडियाहरुले लेखेको थियो ।

 

तपाईको प्रतिक्रिया