साउदीमा थप ५७ जनालाई बर्हिगमन भिसा, नेपाल फर्कन अनलाइन फाराम नचाहिने

हालसम्म १ हजार ५८ जनालाई बर्हिगमन भिसा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
रियाद, साउदी अरेबिया

साउदी सरकारले थप ५७ जना आवासीय अनुमतिपत्र (इकामा) नभएका नेपालीहरुलाई बर्हिगमन भिसा दिइएको छ ।

उक्त नेपालीहरुले दूतावासको पहलमा बर्हिगमन(एक्जिट) भिसा पाइएको श्रम काउन्सेलर जीवनकुमार राईले जानकारी दिए । उनका अनुसार पाँच महिनाभन्दा बढी इकामा नवीकरण नगरेका, नबनाइदिएका र कम्पनीबाट भागेर काम गरेकहरुको हकमा हुरुप लागेका नेपालीहरुले भिसा पाएका हुन् ।

लकडाउन अघि शुरु गरेको यस प्रक्रियामा अझै थुप्रै आवेदनहरु भिसाको पर्खाइमा रहेको श्रम काउन्सेलर राईले बताए । यहाँका विभिन्न कम्पनीमा कार्यरत नेपालीहरुलाई इकामा नवीकरण नगरिएका कारण स्वदेश फर्कनु कठिन भैरहेकोले वहिर्गमन भिसाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको श्रम काउन्सेलर राईको भनाइ छ ।

श्रम काउन्सेलर राईका अनुसार यो प्रक्रिया थालनी भएदेखि साउदी सरकारले अहिलेसम्म एक हजार ५८ जना नेपालीहरुलाई बहिर्गमन भिसा पाइसकेका छन् । यसअघि विभिन्न माध्यमबाट निवेदन दिएकामध्ये १ हजार १ जनाले भिसा पाइसकेको थियो ।

‘ विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष बहिर्गमन भिसाका लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा भिसा लागेको छ,’ श्रम काउन्सेलर राईले भने,’ यदि यसबाट समस्या सिर्जना भएमा सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुनुपर्छ ।’


उक्त प्रक्रियाका लागि दूतावासले गत २०७६ पौषबाट शुरु गरेको भएपनि कोरोनाका कारण बर्हिगमन भिसा भने लकडाउनपछि मात्र साउदी सरकारले दिन थालेको श्रम काउन्सेलर जीवनकुमार राईले जानकारी दिए । उनका अनुसार आवेदन दिन ०५०००२१४०९ को व्हाट्सपमा इकामा, पासपोर्ट कपी लगायतका सामग्री पठाउन सक्नेछन् ।

त्यसैगरी नेपाली दूतावास साउदी अरेबियाले बुधबार एक सूचना जारी गरेर अनलाइन आवेदन बन्द गरेको छ । सूचनामा कोरोनाको असहज परिस्थितिलाई सहज बनाउन २०७७ सालको बैशाखदेखि अनलाइन तथा मोबाइलबाट आवेदन दूतावासले संकलन गर्दै आएको थियो ।

दूतावासको सूचनामा आगामी दिनमा नेपाल फर्किनेहरुले अनलाइन फाराम भर्न नपर्ने बताइएको छ । दूतावासले अक्टोबर महिनामा थुप्रै उडानहरु भएकोले पनि अनलाइन फाराम भर्नु नपर्ने बताए । उडानका लागि सम्पुर्ण जानकारी सम्बन्धित एयरलाइन्सबाट लिन सक्ने समेत दूतावासको भनाइ छ ।

तपाईको प्रतिक्रिया