नेपालमा हालसम्मकै उच्च कोरोना पुष्टि

उपत्यकामा एक हजार छसय बढी सङ्क्रमित थपिए

सैलुङअनलाइन संवाददाता
काठमाडाैं

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा हालसम्मकै उच्च कोराना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलनमा आज २ हजार ७२२ जनामा सङ्क्रमण पुष्टि भएको जनइएको छ ।

मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनामा गरिएको पिसिआर परीक्षणमा मध्ये उक्त संख्यामा सङ्क्रमितको सङ्ख्या देखिएको हो । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पअअ्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोनालाई जितेर घर फर्किएको जानकारी दिनुभयो । यो सँगै घर फर्किनेको सङ्ख्या ६० हजार ६९६ पुगेको छ ।

यो अवधिमा काठमाडौं उपत्यकामा एक हजार ६ सय ३८ सङ्क्रमित थपिएका छन् । सो सङ्ख्या उपत्यकाको हालसम्मकै उच्च हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा सङ्क्रमित थपिएका हुन् ।


देशभर २१ हजार २३४ जना सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेशनमा ११ हजार ७६० रहेका छन् भने संस्थागत आइसोलेशनमा ९ हजार ४७४ जना रहेका छन् । त्यसैगरी क्वारेन्टिनमा चार हजार ८८५ जना छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको सङ्ख्या ११ जना पुगेको छ । योसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५२० जना पुगेको छ । आठवटा जिल्लाका चार महिला र सात पुरुष गरी ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । मोरङमा २७ वर्षीय पुरुष, ललितपुरमा ३२ पुरुष र ७० वर्षीय पुरुषको निधन भएको छ भने भक्तपुरमा ६१ र ५१ वर्षीया महिला, काठमाडौँमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।

त्यसैगरी मकवानपुरमा ७८ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयल जनाएको छ । कुल सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया