तामाङ संस्कृतिको मौखिक परम्परा अध्ययन अनुभव

डा. श्रद्धाञ्जली तामाङ सहप्राध्यापक, जाधभपुर विश्वविद्यावय (भारत)
काठमाडाैं
फाेटाे : सुशान्त लामा/हाइलाईट्स टुरिजम

मेरो घर मिरिक हो । घर मिरिक भए तापनि दार्जिलिङमै स्कुल पढेँ । त्यसपछि कोलकताको जाधवपुर विश्वविद्यालयमा ग्राजुलेशनदेखि स्नातकोत्तर, त्यपछि एमफिल र पीएचडी तुलनात्मक साहित्यमा गरेँ । साहित्यको तुलनात्मक अध्ययनले विभिन्न साहित्यको तुलनालाई मात्र हेर्दैन । कुनै पनि भाषा र साहित्य स्वयं एक्लै आइसोलेसनमा रहँदैन र विभिन्न भाषा र साहित्यले कसरी एक अर्कालाई प्रभावमा पार्छ ? भन्ने पनि अध्ययन गर्दछ । त्यो तुलनात्मक साहित्यमा आउँछ । मैले तपाईंहरुलाई यो यसकारण पनि भनिरहेको छु कि मेरो तालिम यसै विषयमा रह्यो र यो मेरो अनुसन्धानमा पनि झल्कन्छ ।

मेरो अध्ययनमा मैले पाएँ कि ताम्बाले आफ्ना ज्ञान, सीप जताबाट बटुले पनि अनुष्ठानगत प्रस्तुति मौखिक हुन्छन् । ताम्बा परम्पराको कुनै अनुष्ठानगत पाठ कुनै स्रोत, कुनै शिक्षक, कुनै किताब उल्लेख नगरी प्रस्तुत गरिन्छ । जन्म, विवाह वा मृत्यको क्रममा ताम्बाले भन्नु पर्ने कुरा र अन्य धेरै कथाहरु र गीतहरु एउटै स्वरुपको उपयोग गरे तापनि एउटा निश्चित किताब उपयोग गर्दैनन् । यस्तो कुराहरुले यसलाई मौखिक परम्परा बनाउँदछ ।

अब म मेरो अनुसन्धान माथि चर्चा गर्न चाहन्छु । मैले किन ‘तामाङ संस्कृतिको मौखिक परम्परा’ माथि अध्ययन गरेँ र मेरो कामलाई मैले कसरी बुझेँ भन्ने कुरा राख्न चाहन्छु ।

कलकत्ताबाट बाह्र घन्टाको रेल यात्रामा दार्जिलिङ छ, जहाँ नेपाली भाषा बोलिन्छ । र नेपाली भाषा बंगालमा संविधानद्वारा मान्यता प्राप्त पनि छ । तर म अध्ययन गर्ने विश्वविद्यालय जहाँ अहिले म अध्यापनि पनि गरिरहेको छु, यहाँको पाठ्यक्रममा नेपाली भाषा र साहित्यबारे केही पाइँन, थिएन । झन तामाङ भाषा र तामाङ साहित्यको बारेमा त कसैले सुनेको समेत थिएन । विश्वविद्यालयको पाठ्यक्रममा मैले बंगाली, हिन्दी, आफ्रिकन, ल्याटिन अमेरिकन, क्यनेडियन साहित्यहरु र साहित्यका अन्य विधाहरु जस्तै फिल्म, नाटक जस्ता थुप्रै किताबहरु पाएँ, पढेँ । दुनियाभरीको साहित्य थियो तर नेपाली साहित्य एउटा पनि थिएन त्यहाँ ।

‘तामाङ संस्कृतिको मौखिक परम्परा’को अनुसन्धान बारे कुरा गर्नु अघि अनुसन्धान पद्धति बारे नै केही कुरा बुझ्नु आवश्यक छ । ‘डिकोलोनाइजिङ मेथोडोलोजिज’ भन्ने एउटा पुस्तक छ, लिन्डा तुहिवाइ स्मिथले लेख्नु भएको । उहाँ न्यूजिल्याण्डका माओरी आदिवासीका एक विद्वान हुनुहुन्छ । उहाँले आफ्नो पुस्तकमा कसरी अनुसन्धानको इतिहास युरोपिन औपनिवेशसँग जोडिन्छ भन्ने कुरालाई छलफलमा ल्याउनु भएको छ । विशेष गरी आदिवासी जनजातिको समुदायमा आधारित अनुसन्धानहरु हेर्नु भयो भने त्यसको इतिहास औपनिवेशवादसँग जोडिएको पाउँछौ । यस्तो किन भयो त ? यसको कारण छ । सबै अनुसन्धानहरु पद्धातिहरु जो छ अहिलेसम्मको पश्चिमेली अनुसन्धान पद्धतिमा आधारित छ यो हामीले बुझ्नु पर्दछ । त्यसकारण यसो हुन गएको हो ।

युरोपियन औपनिवेशवादीहरुले विश्वका विभिन्न ठाउँमा गएर नयाँ नयाँ समुदायहरुसँग भेटेर उनीहरुका ज्ञानलाई संकलन गरेर, वर्गीकरण समेत गरेका छन् । उनीहरुकै ज्ञान पद्धतिबाट त्यसलाई हेरिएको छ । यस्तो अवस्थामा आदिवासी समुदायका अनुसन्धानकर्ताहरु आफूलाई पनि औपनिवेशवादीहरुको नजरबाट हेर्न सक्छ ।

अर्को कुरा अनुसन्धान शक्तिशाली हुन्छ र अनुसन्धानकर्ता अनुसन्धान गरेको समुदायको बारेमा पहिचान सिर्जना गर्ने स्थानमा हुन्छ । उनीहरुको बारेमा ज्ञान बटुलेर, किताब लेखेर र प्रकाशन गरेर उनीहरुको पहिचानको बारेमा प्रस्तुत गर्न सक्ने अवस्थामा हुन्छ । यही नै अनुसन्धानको शक्ति हो । यसको मतलब बाहिराका अनुसन्धानकर्ताहरु सबैले राम्रा काम गर्दैनन् भन्ने एकदमै होइन । तामाङको अध्ययन अनुसन्धानमा डेविड होमवर्ग र क्यार्थिन एस मार्च जस्ता नामहरु पनि छन् जसले तामाङ जातिको अनुसन्धानमा महत्वपूर्ण योगदान दिएका छन् । त्यसकारण म के भन्न चाहन्छु कि अनुसन्धान गर्दा यी सब कुराहरु याद राख्नु एकदमै महत्वपूर्ण छ । अनुसन्धानकर्ताले आफ्नो स्थान बुझ्नु एकदमै महत्वपूर्ण छ । अर्काे कुरा यो याद गर्नु एकदमै आवश्यक छ कि हाम्रा जतिपनि शैक्षिक विधाहरु छन्, इतिहास, भूगोल, अंग्रेजी साहित्य, वनविज्ञान, त्यसैगरी साहित्यका विधाहरु कविता, उपन्यास भन्नुहोस् सबैको आफ्नै अनुसन्धान पद्धतिहरु छन् । यी सबै कुराहरुलाई ध्यानमा राख्दै हामीले आदिवासी समुदायको अध्ययन अनुसन्धानमा ग¥यौं भने हामीले आफ्नो अनुसन्धानमा नयाँ विधिहरु, नयाँ अनुसन्धान पद्धतिहरु, नयाँ ढाँचाहरु पाउँन सक्छौं ।

जब मैले अनुसन्धानको मौका पाएँ, मलाई दार्जिलिङ क्षेत्रको साहित्य माथि नै काम गर्न मन लाग्यो । त्यसमा पनि तामाङ साहित्यमा नै काम गर्न मन लाग्यो र ‘तामाङ संस्कृतिको मौखिक परम्परा’बारे अध्ययन गरेँ ।

नेपाली भाषा साहित्यको ज्ञान त स्कुलमा केही पाएको थिएँ तर म आफू तामाङ भए पनि तामाङ भाषा र साहित्य बारे केही पनि थाहा थिएन । म पनि एकजना तामाङ हुँ, तामाङ समाजबाटै आएको हुँ र तामाङमा नै रिसर्च गर्दैछु, तामाङ भाषा आउँदैन, जान्दिन । एक प्रकारले मलाई इनसाइडर रिसर्चर भने पनि हुन्छ तर आउटसाइडर रिसर्चर जस्तो थिएँ । त्यसैले पनि एउटा अनुसन्धानकर्ताको हैसियतले म एकदमै सचेत हुनु जरुरी थियो । एक जना बंगाली विद्वान वा अरु नै कोहि भएको भए उसको अनुसन्धान अनुभव अर्कै हुन्थ्यो होला ।

म तामाङ भाषा नजान्ने मान्छे भए पनि म आफूले भेटेका मान्छेहरुसँग भने नेपालीमा कुरा गर्न सक्ने थिएँ । फेरी मेरो शैक्षिक विधा (क्षेत्र), तालिम ताम्बा परम्परा भन्दा धेरै नै अगल थियो । त्यसले गर्दा पनि कति ठाउँहरुमा त मैले आफैँलाई एउटा बाह्य अनुसन्धानकर्ताको रुपमा पाएँ । अर्काे मेरो पहिचान भारतीय नेपाली, त्यसभित्र पनि विभिन्न समुदायहरु मध्ये तामाङ हो ।

अनुसन्धान सुरु गर्नु अगाडि मैले खोज्दै जाँदा दार्जिलिङ क्षेत्रमा तामाङमा उपन्यास, कविता, छोटो कथाहरु मैले धेरै पाइँन । तर मैले तामाङहरु ह्वाइ (गीत), सेलो र ताम्बाको परम्परा पाएँ । यो धेरै रोचक लाग्यो अनि यसमा काम गर्नु जरुरी पनि हो भन्ने लाग्यो मलाई । तामाङ ह्वाइ, सेलो र ताम्बा परम्पराहरुलाई नै तामाङ समुदायको साहित्यको रुपमा अध्ययन गर्न मन लाग्यो मलाई । यो अनुसन्धानमा सबैभन्दा पहिला साहित्य भनेको के हो ? मलाई बुझ्न जरुरी थियो । ीष्तभचबतगचभ जो शब्द छ त्यो ल्याटिन ष्तिभचबतगचब बाट आउँछ जहाँ ीष्तभचब भन्ने शब्दले ब्उिजबदभतक लाई संकेत गर्छ । यसरी ीष्तभचबतगचभ शब्द अक्षर वा लेखनसँग सम्बन्धित छ । त्यसैले धेरै विद्धानहरु इचब िीष्तभचबतगचभ भन्न मन्दैनन् । सन् १८०० सम्म पनि साहित्यलाई केवल लेखन वा कुनै लिखित ज्ञान मात्र बुझिथ्थो । तर समयसँगै रचनात्मक भाषाको प्रयोगसँग जोडिन पुग्यो । तर मेरो अनुसन्धानको लागि मैले अहिले जसरी साहित्य शैक्षिक विधाको रुपमा बुझ्छौं, साहित्य भनेको कविता, उपन्या, यात्रावृतान्त बुझ्छौं, मेरो अनुसन्धानमा त्यसबाट बाहिरा निस्केर साहित्यलाई हेर्ने परम्परागत विचारहरुलाई चुनौती दिनु आवश्यक थियो ।

अर्काे कुरा हामीले ताम्बालाई इतिहासकार अनि कवि पनि भन्छौं । अनि यहाँ एक प्रकारले कवितामै इतिहास र इतिहासमै कविता पनि पाउँछौं । यहाँ अघि भने जस्तै साहित्यको परम्परागत अवधारणा भनेको के हो ? कविता भनेको के हो ? यसलाई चुनैती दिनु थियो । पहिलो वक्ता जोसँग मैले कुराकानी गरेँ अध्ययनको क्रममा उहाँले नै भन्नु भयो कि हामीले हाम्रो इतिहास लेख्न जरुरी छ, किताब निकाल्नु जरुरी छ । यससँगै इतिहास भनेको के हो ? यसको अवधारणालाई पनि प्रश्न गर्न जरुरी थियो । यो बुझ्न जरुरी छ कि इतिहास भन्ने अवधारणा कहाँबाट आएको हो ? यो कालक्रममा आएको अवधारणालाई चुनौती दिन सक्छौं कि सक्दैनौं । यी मेरा लागि अध्ययनको चुनौतीका विषयहरु थिए ।


मैले धेरै ताम्बाहरुसँग कुराकानी गरेँ । उहाँहरुले कसरी ताम्बा सिक्नु भयो ? उहाँहरुले अनुष्ठानगत अभ्यासहरु कसरी गर्दै आउँनु भयो, धेरै आफ्ना अनुभवहरु मलाई सुनाउनु भयो । उहाँहरुले गाउँका अरु ताम्बाहरु, गाउँका गान्बाहरु र लामाहरुसँग कुरा गरेर, ज्ञान बटुलेर सिकेको कुरा गर्नु भयो । यो सँगसँगै उहाँहरुले धेरै किताबहरुबाट पनि ताम्बाका ज्ञान प्राप्त गर्नुभएको कुरा बताउँनु भयो । त्यसले गर्दा लिखित र मौखिक एक अर्कालाई पूर्ण रुपमा छुट्याएर राख्न पनि सक्दैन थियो । तर पनि उहाँहरुको आफ्नो प्रस्तुतिमा मौलिक प्रदर्शन हुने गर्दछ । जस्तै, उदाहरणको रुपमा खर्साङको मंगलसिंह ग्याबक हुनुहुन्थ्यो । उहाँ वित्नु भयो । उहाँ प्रशिद्ध तामाङ सेलो गायक र ताम्बा पनि हुनुहुन्थ्यो । उहाँसँग कुरा गर्दा उहाँले भन्नु भयो कि सन्तवीर लामाको ‘ताम्बा काइतेन’ किताब छ, त्यहाँबाट धेरै गीतहरु सिक्नु भयो । तर, जब उहाँले प्रस्तुति हुन्थ्यो त्यसमा ‘एडाप्टेसन’ र ‘इम्प्रोभाइजेसन’ हुँदैन थियो । सन्तवीर लामा स्वयंले पनि मौखिक गीतहरु संकलन गरेर लिखित रुपमा ल्याउनु भयो । यसरी लिखित किताबहरु पढेर पनि हाम्रा म्हेमेहरुले गीत गाउँनु हुँदोरहेछ । यसरी मौखिकदेखि लिखित र लिखितदेखि मौखिकमा रुपान्तरण हुँदोरहेछ भन्ने पाउँछौं ।

यसरी लिखित सामग्री पनि उपयोग गरिँदै आएको ताम्बा परम्परालाई कुन प्रकारले मौखिक भन्न सक्छौं ? प्रश्न जटिल थियो । मेरो अध्ययनमा मैले पाएँ कि ताम्बाले आफ्ना ज्ञान, सीप जताबाट बटुले पनि अनुष्ठानगत प्रस्तुति मौखिक हुन्छन् । ताम्बा परम्पराको कुनै अनुष्ठानगत पाठ कुनै स्रोत, कुनै शिक्षक, कुनै किताब उल्लेख नगरी प्रस्तुत गरिन्छ । जन्म, विवाह वा मृत्यको क्रममा ताम्बाले भन्नु पर्ने कुरा र अन्य धेरै कथाहरु र गीतहरु एउटै स्वरुपको उपयोग गरे तापनि एउटा निश्चित किताब उपयोग गर्दैनन् । यस्तो कुराहरुले यसलाई मौखिक परम्परा बनाउँदछ । अझ तामाङ अनुष्ठानहरु र तामाङ व्हाइहरुलाई हेर्दा पनि त्यसमा धेरै मौखिकता पाइन्छन् । यस अनुसन्धानमा मौलिकताको अवधारणा बाहेक पहिचानको कुरा पनि राखेको छु । र अहिलेको पहिचानको राजनीतिमा ताम्बा परम्परा, तामाङ गीत जस्ता आदिवासी परम्पराहरुले पहिचानको सुनिश्चितता जो छ त्यसमा कस्तो खालको भूमिका खेल्न सक्छ त्यो हेर्ने कोशिस गरेको छु ।

(भारत कोलकाता, जाधभपुर विश्वविद्यालयका सह-प्राध्यापक डा. श्रद्धन्जली तामाङले आफ्नो विद्यावारिधीको यो शोध अनुभव तामाङ ज्ञान महोत्सव २०७७ मा प्रस्तुत गरेका हुन् । सं.)

तपाईको प्रतिक्रिया