त्रिविको अनुसन्धानमूलक जर्नल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
काठमाडाैं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको अनुसन्धानमूलक ‘जर्नल’ को आइतबार भर्चुअलरुपमा लोकार्पण गरिएको छ ।

त्रिवि अनुसन्धान केन्द्रद्वारा प्रकाशित सो जर्नलमा कोभिडसम्बन्धी १९ अनुसन्धानमूलक सामग्री छन् ।


मन्त्री पोखरेलले बन्दाबन्दीपछिको स्थितिमा अनलाइन कक्षा र अनुसन्धानका क्षेत्रमा त्रिविले गरेका कार्य उल्लेखनीय भएको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले आफ्ना स्वास्थ्यविज्ञले देशभरि कोभिड–१९ प्रयोगशाला निर्माण र विस्तारमा अग्रणी भूमिका निर्वाह गर्दै देशलाई कोभिडको जोखिमबाट सुरक्षित बनाउन योगदान गरिरहेको जनाए ।

कोरोना लगायत स्वास्थ्यसम्बन्धी अन्य विषयमा अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्वविद्यालयबीच सम्झौता भई कार्य अगाडि बढिरेको छ ।

तपाईको प्रतिक्रिया